जनता मा.बि.को ६१ औँ बार्षिकोत्सव सम्पन्न, शिक्षाको विकास बिना समृद्धि असम्भव : लम्साल

माधब पराजुली,पर्वत २०७४ फागुन ८ । फलेवास नगरपालिका वडा नं. ६ देविस्थान स्थित जनता मा.बि.को ६१ औँ बार्षिकोत्सव समारोह तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिद्यालय सुधारको संकल्पका साथ मंगलवार एक कार्यक्रमका बिच बिधालयले ६१ औँ बार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य विकास लम्सालले शिक्षाको विकास बिना समृद्धि सम्भव नभएको उल्लेख गर्दै शिक्षालेनै जनतालाई समृद्धीको पथमा हिडाउन सक्ने बताए । सांसद लम्सालले भरपुर मात्रामा आर्जन गरिएको शिक्षालेनै मानिसको घर घरमा समृद्धि छाउन सक्ने बताए । लम्सालले गुणस्तरिय शिक्षाले नै अन्य देशको विकास भएको भन्दै सामुदायीक बिधालयमा गुणस्तरयुक्त शिक्षा बिधार्थीहरु लाई दिन नसके समृद्ध नेपालको कल्पना समेत गर्न नसकिने बताए ।

लम्सालले बिकासोन्मुख देशहरुले प्राबिधिक शिक्षाले गर्दानै उन्नती र प्रगति हासिल गर्न सफल भएको बताउदै नेपालका बिद्यालयहरुमा प्रबिधियुक्त शिक्षाको विस्तार गर्न नसक्दा नेपाल टेक्नोलोेजीमा निकै पछी परेको बताए । उनले देशको विकास शिक्षालेनै गराउन सक्ने हुदाँ शिक्षालाई पहिलो प्रथामिकतामा राखेर अन्य पुर्वाधारका कामहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । साथै उनले बिधालयमा शैक्षिक सिकाईको प्रगति दर बृद्धी गर्न समाजका व्यक्तित्वहरुले चासो दिनुपर्ने बताए ।

कार्यक्रममा वडाध्यक्ष भोलानाथ भुषाल, पर्वत बहुमुखी क्याम्पस प्रमुख खिलराज रेग्मी, भवानी बिधा पिठ मा.बि.का प्र.अ.अर्जुन कुमार रेग्मी, बिधालयका शिक्षक लाल प्रसाद शर्मा लगाएतले बोलेका थिए ।

सोही अवसरमा शिक्षाप्रेमी एवम् समाजसेवी नरेश कुमार श्रेष्ठले बिद्यालयको शैक्षिक गतीबिधी लाई चुस्त दुरुस्त राख्दै प्राबिधीक शिक्षाको लागी बिद्यालय लाई ईन्टेरनेट प्रदान गर्ने घोषणा गरे । कार्यक्रममा बिधालयका शिक्षक गोपाल प्रसाद श्रेष्ठले बिधालयको बार्षीक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अवसरमा बिधार्थीहरुले स्थापना गरेको बिधार्थी कल्याण कोष, तुलसी प्रसाद पाध्या अक्षयकोष र जि.देवी प्रसाद, मान कु.अक्ष्यकोष मार्फत गरिब तथा जेहन्दार बिधार्थीहरु लाई छात्रबृत्ति बितरण गरिएको थीयो । ६१ औँ बार्षिकोत्सव समारोहमा बिद्यालयका बिधार्थीहरुले शैक्षिक नाचगान समेत प्रस्तुत गरेका थिए ।
बिधालय व्यवस्थापन समितीका अध्यक्ष राज कु.क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिक्षक उपेन्द्र थापाले गरेका थिए भने सञ्चालन शिक्षक जिवन नाथ पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *