Menu

घुम्टे युवा परिवार गलकोटको होली पूर्णिमा मेलाको तयारी तीव्र !

गलकोट, २०७४ फागुन ८ । होली पूर्णिमा नजिकिदै गर्दा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मको अन्तरकृयात्मक बैठक आज सम्पन्न भएको छ । संस्थाले विगतका वर्षमा जस्तै फागुन १४ गते देखि १७ गते सम्म होली पूर्णिमाको अवसरमा आफनो ३३ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेला मनाउन आवश्यक तयारीको विषयमा अन्तरकृया गरेको छ ।

मेलालाई सभ्य एवं भव्य रुपमा सफल पार्न घुम्टे युवा परिवार मल्म सप्ताहघाट कार्यालय परिसर र प्राङगण सरसफाई गर्ने, स्थानिय स्तरमा आर्थिक संकलन कार्यलाई थप तिव्रता दिने, प्रचार प्रसारलाई व्यापक रुपमा अगाडी बढाउने, खेलकुद र सांस्कृतिक कार्यक्रमको व्यवस्थापन, राष्ट्रिय स्तरका कलाकारहरु आमन्त्रण गर्ने लगायतको विषयमा निर्णय गरिएको छ ।

त्यस्तै होली पूर्णिमा मेलामा भुपु खेलाडीहरु सम्मान, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, विपन्न एक परिवारलाई खाद्यान्न वितरण गर्ने लगायतका निर्णय गरिएको छ । संस्थाले ३३ औं वार्षिकोत्सवको अवसरमा नयाॅ संरचना अनुसारको वडा स्तरिय पुरुष भलिबल, खुल्ला सामुदायिक नृत्य प्रतियोगिता, नयाॅ संरचना अनुसारको वडा स्तरिय पुरुष तथा महिला रस्साकसी लगायत विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेको छ । अन्तरकृयात्मक बैठक घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *