Menu

शिवालय बहुमुखी क्याम्पसको ७ औ बार्षिकोत्सव शुरु, दोस्रो दिन विविध प्रतियोगिता सम्पन्न !

दिपेश विश्वकर्मा पर्वत २०७४ फागुन ८ । कुश्मा नगरपालिका कुश्मा बजारमा रहेको शिवालय बहुमुखी क्याम्पसले आफ्नो ७ औ वार्षिक उत्सव सोमबार देखी विविध कार्यक्रम सगै मनाउन सुरु गरेको छ । विस २०६७ सालमा स्थापना भएको क्याम्पसले प्रत्येक बर्ष विविध कार्यक्रमको आयोजना गरि आफ्नो बार्षिक उत्सव मनाउदै आइरहेको क्याम्सका अध्यक्ष गोविन्द पहाडीले बताए ।

आगमी फागुन ११ गते हुने बार्षिकोत्सवलाई लक्षित गरि क्याम्पसले विविध प्रतियोगिताको आयोजना गरेको छ । जस अन्र्तगत मंगलबार म्युजिकल चियर प्रतियोगिता र कबडी प्रतियोगिता सम्पन्न भएका छन ।

म्युजिकल चियर प्रतियोगितमा जानकी गिरी प्रथम, राधा नेपाली द्धितिय र नम्रता सुवेदी तृतिय भएका छन । त्यस्तै कबडी प्रतियोगितामा छात्र तर्फ ज्ञान कुवरको समुह प्रथम र छात्रा तर्फ सुस्मिता नेपालीको समुह प्रथम नविन अधिकारीको समुह द्धितिय र जयन्ती पौडेलको समुह तृतिय भएका छन ।

प्रतियोगिताको संयोजन प्राध्यपक कमल भुषाल र लेखनाथ उपाध्यले गरेका थिए । आगामी फागुन ११ गते औपचारिक रुपमा हुने बार्षिकोत्सव तथा चौथो साधारणमा क्याम्पसको तर्फबाट विविध सास्कृतिक कार्यक्रम, पुरस्कार वितरण र अभिभावक भेला हुने क्याम्पस प्रमुख कमलनाथ शर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *