Menu

सहकारी सञ्चालकहरुलाई प्रशिक्षण : सहकारी वैकका सन्चालक जीसी सम्मानित

म्याग्दी,२०७४ फागुन ८ । धवलागिरी गाउपालिका ७ म्याग्दीको ताकाममा सहकारीका सञ्चालकहरुलाई सहकारी सम्बन्धी प्रशिक्षण दिईएको छ ।

मंगलबार अन्नपूर्ण कृषि सहकारी संस्थाले आयोजना गरेको ताकामका सिर्जनशिल कृर्षी सहकारी संस्था, प्रगतीशिल महिला सहकारी संस्था, अन्नपूर्ण कृर्षी सहकारी संस्था, ताकाम बहुउद्देश्यीय सहकारी संस्था, शुभकामना महिला बचत तथा ऋण सहकारी संस्था, हिमाली बचत तथा ऋण सहकारी संस्था र न्यू ताकाम तेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुलाई प्रशिक्षण दिईएको हो ।

प्रशिक्षणमा सहभागीलाई राष्ट्रिय सहकारी बैंङ्का सञ्चालक रामबहादुर जिसीले प्रशिक्षण दिँदे सहकारीलाई दिगो रुपमा सञ्चालन गर्न सञ्चालक, कर्मचारी र सेयर सदस्यहरु दक्ष र क्षमतावान हुनुपर्ने बताए । उनले सहकारीले संस्थाका सेयर सदस्यलाई आर्थिक रुपमा बलियो बनाउनको लागि उद्देश्य अनुरुपको कार्य गर्नुपर्ने भन्दैं संस्थालाई पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।

जिसीले आयआर्जनमा जोड दिदैं सहकारीमा आवद्ध सबैले बचत गर्ने बानीको विकास गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा वडाध्यक्ष कलानिधि शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ म्याग्दीका अध्यक्षअमृता भण्डारी , स्थानिय समाजसेवी रिम प्रकाश थापा, सिर्जन शिल कृषी सहकारीका अध्यक्ष होमबहादुर थापा, प्रगतिशिल महिला सहकारी संस्थाका अध्यक्ष रुपमणी शर्मा लगाएतले बोलेका थिए ।

कार्यक्रम अन्नपूर्ण कृृषि सहकारीका अध्यक्ष छविलाल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको तामकम बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक गोपाल आचार्यले जानकारी दिए ।

कार्यक्रममा सहकारी क्षेत्रको प्रवद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अन्नपूर्ण कृषि सहकारी संस्थाले राष्ट्रिय सहकारी वैकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक राम बहादुर जि.सीलाई सम्मान गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *