Menu

कास्कीका पत्रकार पाण्डे बम विस्फोटमा परी घाईते, घटनाको सर्वत्र निन्दा !

बागलुङ २०७४ फागुन ८ । समाचार संकलन गर्न जादै गर्दा पोखरा विजयपुरमा बम बिस्पोटमा परी गण्डकी टेलिभिजनका पत्रकार घनश्याम पाण्डे बम बिस्फोटमा परी घाइते भएको घटनाप्रति सामुदायिक रेडियो विहानी बरेङले घोर आपत्ति जनाएको छ ।

सामुदायिक रेडियो विहानीका को–अर्डिनेटर प्रकाश छन्त्यालले आज एक विज्ञप्ती जारी गर्दै सो घटनाको घोर आपत्ति जनाएका हुन् । सामुदायिक सुचना नेटवर्क प्रदेश नम्वर ४ का सदस्य तथा पत्रकार महासंघ बागलुङका सदस्य समेत रहेका पत्रकार छन्त्यालले यस्ता घटनाले पत्रकारको पेशागत सुरक्षामा खलल पु¥याउने भन्दै त्यसको घोर भत्र्सना गरेका छन् ।

विज्ञप्तीमा मंगलबार दिउसो बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका क्रममा समाचार संकलन गर्न जादै गर्दा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ स्थित बिजयपुरमा बम बिस्पोटमा परी पत्रकार पाण्डे बम बिस्फोटमा परी घाइते भएको घटनाले सामुदायिक रेडियो विहानी परिवार यस घटना प्रति घोर आपत्ति रहेको भनिएको छ ।

यसैविच प्रगतिशिल पत्रकार संघ उपशाखा वरेङले पनि सो घटनाको घोर निन्दा गरेको छ । संघका अध्यक्ष जीवन पौडेलले छुट्टै विज्ञप्ती जारी गर्दै घटनाले देशमा जनताको लामो त्याग, तपस्था र बलिदानीबाट प्राप्त लोकतन्त्र पछि पनि जनतालाई सुसुचित गराउने पत्रकारहरुको पेशागत सुरक्षाको सवाल अझै गम्भीर बन्दै गएको भन्दै बिस्फोटमा परी घाइते भएका पत्रकार पाण्डेको शिघ्र स्वास्थलाभको कामना गर्दै यस्ता खालका अपराधिक घटनामा संलग्न जो सुकैलाई तत्काल पक्राउ गरी कारवाही गर्न र घाइतेको निशुल्क स्वास्थ उपाचारको व्यवस्था गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *