Menu

शुभेक्षा एफ एम कुश्मिशेरा व्दारा १५ दिने आधारभूत पत्रकारिता तालिमको आयोजना !

बागलुङ, २०७४ फागुन ८ । जैमिनी नगरपालिका – १ कुश्मिशेरा स्थित शुभेक्षा एफएमले सञ्चार क्षेत्रमा काम गर्न ईच्छुकहरुका लागी १५ दिने आधारभूत पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ ।

शुभेक्षा मिडिया प्रा लि व्दारा सञ्चालित शुभेक्षा एफ एमको आयोजना र एस.पी पब्लिकेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी प्रा.लि काठमाडौको प्राविधिक सहयोगमा सन्चालन गरिने तालिम १५ दिनको हुने आयोजकले बताएका छन् ।

आधारभुत पत्रकारिता, कार्यक्रम उत्पादन, समाचार संकलन र लेखन साथै एफ एम प्राविधिकको समेत तालिम दिइने रेडियोका स्टेशन म्यानेजर सन्ध्या आचार्यले बताईन् ।

तालिम लिएर दक्ष भएपछी रोजगारीको लागी अवसर प्राप्त हुने मिडिया इन्जिनियर तथा सञ्चारकर्मी सुजन प्रेमीको भनाइ छ । आफुले तालिम दिँदा र तालिम सिक्नेले मेहनतले सिकेमा जुनसुकै क्षेत्रमा काम गर्न सकिने उनले बताए । देशभरका सबै जिल्लाको मिडियाको अवस्था राम्ररी बुझेको उल्लेख गर्दै सन्चारकर्मी प्रृेमीले प्रशिक्षणपछी परिणाम राम्रो आउने बताए ।

आफुहरुका लागी दक्ष कर्मचारीको समेत आवश्यक परेकोले तालिमको आयोजना गरिएको र तालिमबाट उत्कृष्ठ हुनेहरुलाइ रेडियोमै अवसर दिइने रेडियोका स्टेशन म्यानेजर आचार्यको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *