स्व. सुशिल कोइरालाको पुण्य तिथिमा अस्पतालका विरामीलाइ फलफुल वितरण !

हरि शर्मा, बागलुङ, २०७३ माघ २६ । नेपाली काग्रेस जिल्ला कार्य समिति बागलुङले नेपाली काग्रेसका पूर्व केन्द्रिय सभापति एवं प्रधानमन्त्री स्व. सुशिल कोइरालको प्रथम पुण्य तिथिका अवसरमा धौलागिरी अञ्चल अस्पतालका विरामीहरुलाइ फलफुल वितरण गरेको छ ।

सो अवसरमा नेपाली काग्रेस जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले संविधानको प्राप्ति र लोकतन्त्रिक आन्दोलनका निम्ति स्व। कोइरालाको योगदान अहिलेका नेतृत्व पुस्ताले अनुशरण गर्नुपर्ने बताए । त्यस्तै उनले संविधान दिएर मात्र नहुने भन्दै त्यस्को कार्यान्वयनमा पनि अहिलेका दलहरु एकजुट हुनुपर्ने बताए ।

सो अवसरमा धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिक अध्यक्ष मञ्जेशबम मल्लले नेपाली काङ्ग्रेसका निवर्तमान सभापति स्व सुशिल कोइरालाको पुण्य तिथिमा नेपाली काग्रेस जिल्ला कार्यसमितीले अस्पतालका विरामीलाइ गरेको सहयोग महत्वपूर्ण रहेको बताए ।
कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला सभापति थापाको अध्यक्षता,कोषाध्यक्ष उमेश गौतमको स्वागत मन्तव्य र सचिव नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *