बागलुङ बजारको पुरानो बसपार्क नजिक भेटिएको बम नेपाली सेनाको टोलीव्दारा निष्कृय !

किरण आचार्य, बागलुङ २०७४ फागुन ८ । बागलुङ नगरपालिका २ पुरानो बसपार्क नजिक विहान भेटिएको बम नेपाली सेनाले निष्कृय (डिस्पोज) गरेको छ । नेपाल कम्युनिष्ट पार्टी बिप्लबले आव्हान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा बम राखिएको अनुमान गरिएको छ ।

पुरानो बसपार्क नजिक रहेको होण्डा र महेन्द्रा गाडीको स्वरुम अगाडी भेटिएको उक्त बम नेपाली सेनाको अर्जुनबाण गणले डिस्पोज (निष्कृय) गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्दको आब्हन गरिरहेको समयमा बन्दलाई प्रभावकारी बनाउँनको लागि बम राखिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए । बागलुङ बजारको धौलागिरी चोकमा हिजो राति पनि विष्फोटको ठूलो आवाज सुनिएको स्थानीयले बताएका छन् ।

देशका विभिन्न स्थानबाट बागलुङको लागि छुटेका रात्रिकालीन सवारी साधानहरुलाई प्रहरीले स्कटिङ गरेर गन्तब्यमा पुराउन लागेको प्रनाउ रेग्मीले बताए ।

बागलुङ सदरमुकाम बाहिर बन्दको प्रभाव अत्यन्तै न्यून रहेको समाचार श्रोतको दाबी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *