Menu

बागलुङमा प्रभावहीन बन्दै नेपाल बन्द : गल्कोट हटिया सहित जिल्लाका अधिकांश भाग सामान्य !

अपडेट
कुुसुम थिङ, बागलुङ २०७४ फागुन ८ । नेकपा विप्लबको आव्हानमा आज गरिएको नेपाल बन्दको प्रभाव बागलुङ जिल्लामा कम हुँदै गएको छ । सदरमुकाम बागलुङ बजारमा फाटफुट पसलहरु खुलेका छन् तर बजार अझैँ पूरा खुलेको छैन । केहिमात्रामा साना सवारी साधन (मोटरसाईकल) चलेका छन् ।

उता गल्कोटमा बन्द प्रभावहीन बन्दै गएको छ । सहकर्मी घनश्याम गौतमले दिएको जानकारी अनुसार विहान हटिया बजार पूरै बन्द रहेपनि शनै:शनै: पसलहरु खुल्दै गरेका छन् भने साना सवारी साधनहरु सन्चालनमा आएका छन् ।

यो समाचार लेखिरहँदा वित्तिय संस्थाहरु र विद्यालयहरु बन्द रहेका छन् । गल्कोट क्षेत्रमा बन्दको प्रभाव नरहेको स्थानीयले बताएका छन् ।

उता बडीगाड गाउँपालिकाको खर्वाङ र खार बजारपनि आँशिक सन्चालनमा रहेको सहकर्मी कमल पौडेलले बताएका छन् । पौडेलले दिएको जानकारी अनुसार शिक्षण संस्थाहरु पूरै खुलेका छन् पठन पाठन निर्वाधरुपमा चालु रहेको छ । साना सवारी साधनहरु चलिरहेका छन् भने लामो दूरीका सवारीलाई प्रहरीे स्कर्टिङ गरी गन्तव्यमा पठाईरहेको छ ।

बुर्तिवाङ बजारमा बन्दको प्रभाव विहानै देखी नै थिएन भने जिल्लाको दक्षिण कुस्मीसेरा वजार पनि सामान्य अवस्थामा रहेको बताईएको छ ।

* गल्कोट हटियाको तस्वीर घनश्याम गौतम ।
* बडीगाड खर्वाङको तस्वीर कमल पौडेल ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *