Menu

बिप्लब माओवादीको बन्द : बागलुङ सदरमुकाम सुनसान, बुर्तिवाङ बजारमा बन्दको प्रभाव शून्य !

कुसुम थिङ्, बागलुङ २०७४ फागुन ८ । नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव बागलुङ जिल्लामा परेको छ । बागलुङ सदरमुकामका पसलहरु बन्द छन् । कुनै कुनै पसलले सानो चरबाट व्यापार व्यवसाय गरिहेको देखिएपनि बजार सुनसान छ ।

छोटो र लामो दूरीका सवारी साधनहरु चलेका छैनन् । यात्रुहरु गन्तव्यमा जान नपाएर अलपत्र अवस्थामा छन् ।

उता जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङ बजारमा बन्दको प्रभाव परेको छैन । सहकर्मी झरना कँडेलका अनुसार बजार सबै खुलेका छन भने बजार भित्र सवारी साधनहरु चलेका छन् ।

गल्कोट हटियाबाट सहकर्मी घनश्याम गौतमले दिएको जानकारी अनुसार जिल्लाको मध्य व्यापारिक केन्द्र गल्कोट हटिया बजार विहानै देखी बन्द छ । सवारीहरु सन्चालनमा आएका छैनन् । एकछिन पछी खुल्छकी भन्ने आशा स्थानीयले गरेको उनले बताए ।

यसैगरी जिल्लाको दक्षिण व्यापारिक केन्द्र कुस्मीसेरा बजारमा पनि बन्दको प्रभाव देखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *