Menu

सर्वोदय माध्यमिक विद्यालय बरेङको ५७ औँ वार्षिकोत्सव सम्पन्न

प्रकाश छन्त्याल, बागलुङ बरेङ २०७४ फागुन ८ । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले नेपालमा व्यवहारिक शिक्षा नभएका कारण शैक्षिकस्तर पछाडी परेको बताएका छन् । अध्यक्ष शर्माले सर्वोदय माध्यमिक विद्यालय बरेङको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन समारोहमा निजी बिद्यालयहरुले भन्दा सामुदायिक बिद्यालयले अझै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको चचा गर्दै शैक्षिक स्तरलाई बढाउनको लागी शिक्षक ,अभिभावक र बिद्यार्थी ओदानको जस्तो भै अगाडी बढन आग्रह गरे ।


बिद्यार्थीहरुका बिच बिभिन्न अन्तर सदनात्मक प्रतियोगिता कार्यक्रमहरु सम्पन्न गर्दै वार्षिकोत्सव मुल समारोहको मुख्य दिन सोमबार प्रमुख अतिथी अध्यक्ष शर्माले उट्घाटन गरेका थिए ।

कार्यक्रममा पूर्व शिक्षकहरु, बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरु ,बिद्यालयका जग्गादाता , चन्दादाता सम्पुर्णलाई सम्मान गरिएको थियो ।

सोमबार मुल समारोह कार्यक्रममा यस क्षेत्रमा रहेका अन्तर बिद्यालय हाजीर जवाफ प्रतियोगितामा तिन बिद्यालयको सहभागीता रहेको थियो । जसमा भृकुटी माध्यमिक बिद्यालय प्रथम ,पुरुषोदय माध्यमिक बिद्यालय व्दितीय ,सर्वोदय माध्यमिक बिद्यालय तृतिय भएका थिए । त्यैस्तै सोमवार भएको बक्तृत्व कला प्रतियोगितामा भृकुटी माध्यामिक बिद्यालयका निम कुमारी गिरी प्रथम,सर्बोदय माध्यामिक बिधालयका आषिष गुरुङ व्दितिय, पुरुषोदय माध्यामिक बिद्यालयका प्रबिण काउचा तृतिय भएका थिए भने टेबुलमा अण्डा अडयाउने खेलमा शिक्षक प्रशान्त शर्मा बिजेता बनेका थिए ।

सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक चित्र बहादुर थापाले बिद्यालयको २०७४ सालको शैक्षिक तथा आर्थीक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बिधार्थीहरुको ज्ञान तथा शिक्षा मुलक गीत र नाचको प्रस्तुती पनि रहेको थियो ।

कार्यक्रममा समाजसेवी देवीराम गलामी, भृकुटी माध्यमिक बिद्यायका प्रधानाध्यापक रुप नारायण शर्मा ,पुर्व बिद्यालय ब्यवस्थापन समितीका सदस्य प्रेम प्रसाद पौडेल ,पुर्व शिक्षक तथा जग्गा दाता टेक बहादुर शेरचन,बिहानी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बरेङका पुर्व अध्यक्ष तथा संरक्षक रन बहादुर रिजाल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष हिरा पुनको अध्यक्षता शिक्षक धनिश्वर पौडेलको स्वागत मन्तब्य,शिक्षक प्रशान्त शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *