Menu

एमाले र माओवादी केन्द्रबीच एकता : एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी !

बागलुङ २०७४ फागुन ८ । नेपाल एमाले र नेकपा माओवादी केन्द्र बीच राष्ट्रिय प्रजातन्त्र दिवसका दिन फागुन ७ गते पार्टी एकता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेपछी दुबै पार्टी एक भएका हुन् । सहमतिपत्रमा एमालेका अध्यक्ष ओली, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष पामदेव गौतम र ईश्वर पोखरेल तथा केन्द्रका अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

बालुवाटार बैठकबाट निस्किदै पुष्मकमल प्रचण्डले नयाँ पार्टीमा दुईजना अध्यक्ष रहने गरी सहमति भएको बताए ।

अब दुबै पार्टी मिलेपछी एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ ।

यस्तो छ सातबुँदे सहमति पत्र

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *