डाँडाखेत ओखरबोट माटरबाटोको ९० प्रतिशत स्तरबृद्धि कार्य सम्पन्न

घनश्याम गौतम, गल्कोट २०७४ फागुन ८ । डाँडाखेत ओखरबोट नुबाकोट मोटरबाटो उपभोक्ता समितिले मोटरबाटोको स्तरबृद्धि कार्यलाई तिब्रता दिएको छ । गलकोट नगरपालिका द्धारा आर्थिक बर्ष २०७४ अन्तरगत पुर्बाधार बिकासमा बिनियोजित बजेटबाट गलकोट नगरपालिका बडा नम्बर ४ को डाडाखेत ओखरबोट नुबाकोटठ मोटरबाटोको स्तरबृद्धि कार्य सञ्चालन गरिएको मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष महेन्द्र खड्काले जानकारि दिए । खड्काका अनुसार उक्त मोटरबाटोको स्तरबृद्धिको लागी गलकोट नगरपालिकाले २५ लाख रुपैया बजेट बिनयोजन गरेको थियो । माघको पहिलो हप्ताबाट सुरु भएको उक्त मोटरबाटोको ९० प्रतिशत स्तरबृद्धि कार्य सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।

मोटरबाटोलाइृ अहिले ८ मिटर चौडा बनाई दुबै साईडमा पक्की नालि कटानको काम भएको उपभोक्ता समितीका कोषाध्यक्ष डिल बहादुर खातीले जनाकारि दिनुभयो । गलकोटका सम्पुर्ण बाडमा रहेका ग्रामीण सडकका स्तरबृद्धि कार्यलाई गलकोट नगरपालिकाले तिब्रता दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *