दिपक के सीको दुनियाँ हसाउने माया बोलको गीत सार्वजनिक !

मेघराज रिष्मेली, जापान

रोजगारीको शिलशिलामा जापान छिरेका युवाहरुले लोक दोहोरी गीत बजारमा ल्याउने क्रम अहिले निकै बढेको पाइन्छ । यसै क्रममा बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वार्ड ९ जन्म भई रोजगारीको लागि जापानको ओसाकालाई कर्मथलो गराउँदै आएका दिपक के सीले दुनियाँ हसाउने माया बोलको गीत भर्खरै मात्र यु ट्युव मार्फत बजारमा सार्वजनिक गरेका छन ।

उक्त गीतमा दिपक के सी र बहु चर्चित लोक गायिका देवी घर्तीको स्वर गल्कोटे कलाकार ईश्वर सिंहको लय र दिपक के सी को शब्द रहेको छ भने यस गितमा सुरेश के सी र सितला अधिकारीको अभिनय रहेको छ ।

यस गितको छायांकन श्रीकान्त सिग्देलले गरेका छन भने यसको निर्देशन हस्त केसीले गरेका छन यश गीतलाई बल्याक फिल्म प्रोडक्सनले बजारमा पठाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *