नेपाल राष्ट्रिय शिक्षक संगठन गल्कोट नगर समितिको बैठक : जिम्मेबारी बाडफाड !

घनश्याम गौतम, गल्कोट २०७४ फागुन ८ । नेपाल राष्ट्रिय शिक्षक संगठन गलकोट नगर कार्य समितिको प्रथम बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल राष्ट्रिय शिक्षक संगठनका सल्लाहाकार सयोजक दिनेश पन्तले संगठन सुदृढिकरण गर्दैं अगाडि बढ्नुपर्ने बताए । पन्तले संगठनमा आबद्ध शिक्षकहरुको क्षमता, सिप र योग्यता बृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउदै अध्ययन अध्यापनलाई प्रभाकारी रुपमा सञ्चालन गरि शिक्षाको गुणस्तरीयता बृद्धि गर्नुपर्नेमा जोड दिए ।

बैठकले राम बहादुर खत्रीके अध्यक्षतामा १४ सदस्यीय सचिबालय समितिको गठन गरेको छ । समितिमा देब बहादुर बिक, ईन्द्रा पुन, बालकृष्ण सापकोटा, चेतनारायण अर्जेल, राधिका खत्री, दुर्गा घर्ति,तेजराज उपाध्याय सबिता बस्नेत, गणेश भण्डारी, दिपक सुनार बालकृष्ण सुबेदी बल बहादुर घर्ति र पोष्टराज सुबेदी रहेका छन् ।

बैठकमा गत माघ २७ गते गलकोट नगरपालिका बडा नम्बर ३ हटियामा सम्पन्न भएको नगर अधिबेशनको समिक्षा, गर्दै समग्रमा सफल भएको निकर्ष निकालएिको थियो ।

सो अबसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको यहि फागुन १७ र १८ गते हुने जिल्ला अधिबेसन सफल पार्न जिम्मेबारी बाडफाड गरिएको छ । जस अन्तरगत गलकोट नगरपालिकाको बडा नम्बर १ मा तेजराज उपाध्याय, बडा नम्बर २ मा भरत कार्की, बडा नम्बर ३ मा राधिका खत्री, बडा नम्बर ४ मा दिपक सुनार,बडा नम्बर ५ मा सबिता बस्नेत,बडा नम्बर ६ मा चेतनारायण अर्जेल, बडा नम्बर ७ मा नन्दकलि मरासिनी, बडानम्बर ८ मा तिलाराम चालीसे, ९ मा सबिता राना, बडा नम्बर १० मा बिधा श्रीस् र बडा नम्बर ११ मा झलक थापालाई जिम्म्ोबारी दिइएको संगठनले जनाएको छ ।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन गलकोट नगर कार्य समितिका अध्यक्ष राम बहादुर खत्रीको अध्यक्षता, सचिब बालकृष्ण सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *