Menu

शिल्गुम आधारभुत विद्यालयको ३९ औँ वार्षिकोत्सव सम्पन्न

खेमराज अर्याल, बुर्तिवाङ २०७४ फागुन ७ । तमानखोला गाँउपालिकाको वडा नम्बर २ मा रहेको शिल्गुम आधारभुत विद्यालयको ३९ औँ वार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ । प्रतियोगितात्मक कार्यक्रम शनिवारबाट सुरु भएपनि आज औपचारिक उद्घाट्न गरिएको छ ।

कार्यक्रमको गाँउपालिका अध्यक्ष जोकलाल बुढाले उद्घाट्न गर्दै प्रमुख अतिथि बुढाले शिक्षा नै विकासको मेरुदण्ड भएकोले शिक्षा क्षेत्रलाई गाँउपालिकाले प्राथमिकतामा राखेको बताउनु भएको छ ।

वार्षिक उत्सवका अवसरमा विद्यालयले अन्तरविद्यालय स्तरीय तथा आन्तरीक कार्यक्रमहरु गरेको थियो । आयोजित भलिवल प्रतियोतिामा हिलसाइन युवा क्लव लुकुर्वन प्रथम र समाज सुधार युवा क्लव द्धितिय भएको छ । ताराखेल प्रतियोगितामा खोलेसबाङ समुह प्रथम र लारिबाङ समाज समुह द्धितिय भएका छन् । यस लगाएत विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने आन्तरीक कार्यक्रम भएका थिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष होम वहादुर कार्कीको अध्यक्षता खगेन्द्रमान पुनको स्वागत मन्तव्य र शिक्षक गंगा वहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको शिक्षक दामोदर सापकोटाले जानकारी दिनु भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *