शिक्षकहरुलाई आफ्नो मर्यादा भित्र रहेर सहि शिक्षा प्रदान गर्न नगरप्रमुख नेपालीको आग्रह !

नेपाल राष्टी«य शिक्षक संगठन प्रदेश नं ४ को प्रथम अधिबेशन बुर्तिबाङमा सम्पन्न

झरना कँडेल, बुर्तिवाङ २०७४ फागुन ७ । नेपाल राष्टी«य शिक्षक संगठन प्रदेश नं ४ को प्रथम अधिबेशन सोमबार सम्पन्न भएको छ ।
समुन्नत राष्ट्रका लागी शैक्षिक बिकासको प्रतिबद्धता, राजनीतिक अधिकार सहितको ट्रेड युनियन अधिकार , संबैधानिक सुनिश्चितता भन्ने मुल नारा सहित सञ्चालित पहिलो अधिबेशनको प्रमुख अतिथी एवं ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले मैनबत्ति प्रज्वलन गरी ब्यानर पढेर गरेका थिए ।

उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथी नेपालीले, बिद्यार्थीहरुको भविष्यका लागी शिक्षकहरुले अरोरात्र खटेर शिक्षा प्रदान गरेकोमा धन्यबाद दिदै, शिक्षा क्षेत्रलाई थप गुणस्तरीय बनाउन शिक्षक तथा संगठनको बिशेष महत्व रहने हुदा शिक्षकहरुलाई आफ्नो मर्यादाभित्र रहेर सहि शिक्षा प्रदान गर्न आग्रह गरेका छन् । स्थानीय सरकार आईसकेकाले अब शिक्षा क्षेत्रमा केही सहज हुने बताउदै , नगरपालीका तथा आफ्नो पहलमा यस क्षेत्रमा शिक्षा क्षेत्रमा बिशेष पहल गर्ने बताउनुभएको थियो ।

त्यस्तै उपप्रमुख करमती पुनले, तमाम बिद्यार्थिको भबिष्य शिक्षकको काधंमा रहेकाले त्यो जीम्मेबारी बहन गर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको थियो ।
सोही अबसरमो नेपाल राष्टी«य शीक्षक संगठन क्षेत्र नं ३का क्षेत्रीय उपाध्यक्ष राम बहादुर घर्ति , नेपाल राष्टी«य शीक्षक संगठनका सदस्य बिबराज गैरे , नेपाल राष्टी«य शीक्षक संगठनका रिमप्रसाद पौडेल , नेपाल राष्टी«य शीक्षक संगठनका हिरा बहादुर छन्त्याल , नेपाल राष्टी«य शीक्षक संगठनका देबप्रसाद पौडेल , शीक्षक युनियनका पुर्ब सचिब थानेन्द्र गौतम , नेपाल राष्ट्रीय शिक्षक संगठन का जील्ला अध्यक्ष गोबिन्द भण्डारी, लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै , बदलीदो परीस्थीतीसंगै , चली आफ्नो बिद्यालयलाई गुरस्तरीय बताउनुपर्ने बताउदै , सुरुवात आफैबाट गर्नुपर्ने बताएका थिए ।

अधिबेशनमा गोबिन्द भण्डारीको नेत्रीत्वको अध्यक्ष मण्डलले ढोरपाटन नगरपालिका निसीखोला गाउँपालीका र तमानखोला गाउँपालिका स्तरीय कमीटी गठन गरेको छ । जस अन्र्तगत ,ढोरपाटन नगरपालीकामा बिदुर पौडेलको अध्यक्षता, नीसीखोला गाउँपालीकामा रीम प्रसाद पौडेलको अध्यक्षतामा २३ सदस्यीय र तमानखोला गाउँपालीकामा हीरा बहादुर छन्त्यालको नेत्रीत्वमा ११ सदस्यीय नेपाल राष्ट्रीय शिक्षक संगठन कमीटी गठन गरिएको छ ।

उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका क्षेत्रीय संयोजक खिमानन्द आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल राष्ट्रीय शिक्षक संगठनका बिदुर पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन सत्रको सञ्चालन शिक्षक पूर्णपति कंडेलले गरेका थिए भने बन्द सत्रको सञ्चालन बेद प्रसाद घिमिरेले गरेका थिए ।

यसैवीच गंंगा प्राथामिक बिद्यालय खप्तरीबाङको ११ औँ बार्षीक उत्सब आज सम्पन्न भएको छ । ढोरपाटन नगरपालिका वडा नं १ खप्तरीबाङमा अबस्थीत सो बिद्यालयले ११ औ बर्ष पार गरी १२ औँ बर्षमा प्रबेश गरेको अबसरमा बिभीन्न प्रतियोगीतात्मक कार्यक्रमको आयोजना गरी मनाईएको हो ।

आज भएको बार्षीक उत्सब कार्यक्रममा बिद्यालयका ब्यबस्थापन समिती अध्यक्ष धन बहादुर कुमालको अध्यक्षता , ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपालीको प्रमुख आतिथ्यता रहेका थियो ।

कार्यक्रमको उद्घाटन पछी बोल्दै नगरप्रमुख नेपालीले बिद्यार्थीहरुको भबिष्य शिक्षकको काधमा रहेको बताउदैँ, उनीहरुलाई सहि दीशामा डोराउन आग्रह गरेका थिए । उनले बिद्यालयमा बिद्यमान रहेका समस्यालाई मध्यनजर गर्दै बिद्यालयको स्तरउन्नतीका लागी आफुले सक्दो पहल गर्ने बताउदै , बिद्यालयको स्तरउन्नतीका लागी ५१ हजारको अक्षयकोषको स्थापना गरीदिने घोषण समेत गरे ।

सोही अबसरमा , बिद्यालयकी प्रधानाध्यापक कोपिला केसी कुवंरले आथिीक प्रतिबेदन तथा भाबी योजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बीशीष्ट अतिथी सम्मान तथा चन्दादाता सम्मान कार्यक्रम लगायतका कार्यक्रम भएको थियो भने ,बिद्यालयले सञ्चालन गरेका हाजीरीजवाफ प्रतियोगीता , चक्लेट दौड , नृत्य प्रतियोगीता लगायतका कार्यक्रमका बिजेता सम्पुर्णलाई आजै पुरस्कार बितरण गरीएको थियो ।

आजको कार्यक्रम, बिद्यालयकी शिक्षिका यमुना कुमालको स्वागत मन्तब्य तथा शिक्षिका तुल्सी घर्तिमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *