त्रिभुवन मावि जिल्लाकै नमूना विद्यालय बनेको हेर्न र सुन्न चाहेको छु –प्रजिअ अर्याल

कौरव खत्री, गुल्मी २०७४ फागुन ७ । त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा गुल्मीको स्वर्ण महोत्सवको पाचौ दिन पनि विविध कार्यक्रमहरु सञ्चालन भएका छन् ।

पाँचौ दिनको महोत्सवमा सम्वोधन गदै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले शिक्षाको महत्व दर्शाउदै सामुदायिक विद्यालयहरुले धेरै मिहिनेत गरि गुणस्तर कायम गर्न तर्फ लाग्नु पर्ने कुरामा जोड दिए । उनले त्रिभुवन माध्यमिक विद्यालय जिल्लाकै नमूना विद्यालय भएकोे आफूले हेर्न चाहेको पनि बताए ।

सो अवसरमा मुसिकोट नगरपालिकाका श्रोतव्यक्ति देविराम शर्मा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

महोत्सवको पाचौ दिन अन्तर्गत प्रमुख अतिथि लगायत विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउनु हुने व्यक्ति तथा संस्था र चन्दादाताहरुलाई सम्मान, भूतपूर्व शिक्षक सम्मानका साथै राष्ट्रिय कलाकारहरु शान्ति श्री परियार, दिपक परियार, कुशल बेलवासे, हास्यकलाकार पुरुषोत्तम भण्डारी लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

महोत्सवको अवसरमा विद्यालयलाई हालसम्म १ करोड,९२ लाख,१०हजार आर्थिक संकलन भएको विद्यालयका शिक्षक धुव्रराज शर्माले जानकारी दिए ।
कार्यक्रम महोत्सवका संयोजक झविराम शर्माको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षकहरु गोपाल रायमाझी,विष्णु बहादुर सारु,दिपक अर्याल गरेका थिए । महोत्सव भोलि सकिदै छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *