बागलुङमा सहकारी शिक्षाका लागि ४ दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु

सुमन जि.सी., बागलुङ २०७४ फागुन ७ । बैंक तथा वित्तीय संस्था नपुगेका ग्रामीण ईलाका तथा शहरी क्षेत्रहरुमा सहकारीहरुले त्यहाँको समुदायलाई दिएको वित्तीय तथा गैरवित्तीय सेवाहरुले गर्दा पछिल्लो क्रममा सहकारीप्रति आम समुदायको विश्वास बढ्दै गईरहेको भएतापनि यस सम्वन्धि शिक्षाको अभावले गर्दा अझ धैरै मानिसहरु सहकारीको सेवावाट वञ्चीत भएको र यसमा संलग्न मानिसहरुमा पनि सहकारी सम्वन्धि बुझाईको कमी र यस सम्वन्धि दक्ष प्रशिक्षकहरु थौरै मात्रमा रहेकाले सहकारी क्षेत्रले सोचे जती फड्को मार्न नसकिरहेको अवस्था छ ।

यी र यस्तै समयस्याहरुलाई मध्येनजर गर्दै बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङले सोमवारदेखि बागलुङ बजारमा ४ दिने सहकारी सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिमको सुरुवात गरेको छ ।

सहकारी सम्वन्धि दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको तालिमलाई सम्वोधन गर्दै संघका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सहकारीमा संलग्न सदस्यहरुमा वित्तीय साक्षरता र सहकारी शिक्षाको कमीले गर्दा संस्थाहरु संस्थागत हुन नसकिरहेको र सहकारी क्षेत्रमा विषय विज्ञ एवं दक्ष प्रशिक्षकहरु निकै नै कम भएकाले यो तालिमको आयोजना गरिएको बताएका थिए । तालिम कार्यक्रमको उद्घाटन सत्रमा तालिम कार्यक्रमका प्रशिक्षक एवं विकासविद हिम्मतसिंह लेकाली, जिल्ला सहकारी संघ लि. बागलुङका सचिव तेजेन्द्र थापा, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, जिल्ला महिला सहकारी सम्न्वय समितिका अध्यक्ष लिला खड्का लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बागलुङ, पर्वत र म्यादि जिल्लाका २३ जनाको सहभागिता रहेको तालिम कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष पौडेल, स्वागत संघका लेखा समिति सदस्य संगिता शर्मा पौडेल र सञ्चालन सचिव ऋषिराम गौतमले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *