Menu

नेपाली कांग्रेसबाट क्षेत्र नं २ मा विजयी जनप्रतिनिधीलाई प्रशिक्षण सम्पन्न

छविलाल पाण्डे बागलुङ २०७४ फागुन ७ । नेपाली कांग्रेस क्षेत्र नं २ बागलुङको आयोजनामा सोमबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्षेत्र नं २ को प्रदेश ख अन्र्तगतका स्थानीय तहमा बिजयी आफना जनप्रतिनीधि तथा कार्यक्रताहरुका लागि प्रशिक्षण कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको हो ।

क्षेत्रिय सभापती दोर्णकुमार कुवंरको अध्यक्षतामा भएको आयोजित कार्यक्रममा पुर्व सांसद नरबहादुर पुन निरज, महाधिवेशन प्रतिनिधी सिंहबहादुर राना, यामु पाीिव, निसीखोला गांउपालिका प्रमुख तारानाथ पौडेल, तमानखोला गांउपालिका प्रमुख जोकलाल बुढाको आतिथ्यता रहेको थियो ।

त्यस्तै आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गांउपालिकामा नेपाली कांग्रेसको तर्फदेखि स्थानीय तहमा बिजयी जनप्रतिनीधि, क्षेत्रिय समिती पदाधिकारी, भातृ संगठन, नेपाली कांग्रेस नगर तथा गांउपालिका कार्यसमिती पदाधिकारी, लगाएतको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा जनप्रतिनीधिहरुका लागि बिशेषगरी प्रशिक्षण दिईएको थियो, जसमा संघिय प्रणाली र नेपालको संविधान, संघिय ईकाईहरुको बिच अन्तरसम्बन्ध, शतिm बांदफांड र जिम्मेवारी, स्थानीय तहको काम कर्तब्य र अधिकार, प्रसाशनिक ब्यबस्था लगाएतका बिषयमा मोति सापकोटाले प्रशिक्षण दिएका थिए । ।

त्यस्तै स्थानीय निकायमा कार्यसञ्चालन ऐन कार्यबिधीका बिषयमाथि प्रशिक्षक कृष्णप्रसाद न्युरेले प्रकाश पारेका थिए । कार्यक्रम दिपेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *