Menu

५१ वर्ष पछी आँखा देख्दा गोपाल दर्जीले सबभन्दा पहिले कस्लाई हेरे ?

मिलन हमाल, बुर्तिवाङ २०७४ फागुन ७ । फागुन ३ गते देखी भिजन २०२०, काठमाडौको प्राविधिक सहयोग, ह्याण्डस फर नेपाल र निसीखोला गाउँपालिकाको स्थानीय संयोजनमा निसीखोला गाउँपालिकाको बोहरागाउँ स्वास्थ्य चौकीमा आयोजना गरिएको शल्यक्रिया सहितको आखाँ तथा गाइनो सम्बन्धित ३ दिने नि:शुल्क शिविरले निसीखोला गाउँपालिका-३ हुल्दीका ५६ वर्षिय गोपाल दर्जीको जीवनमा ठूलो परिवर्तन ल्याईदिएको छ । बिगत ५१ वर्षदेखी अन्धकारमा जीवन विताईरहेका दर्जीको दुबै आँखाको शल्यक्रिया पछी उनका आँखाले उज्यालो देख्दा उनि निकै हर्षित एवं प्रफुल्ल देखिन्थे ।

पारिवारिक हेलचक्राँईका कारण समयमै उनको आँखाको उपचार नहुँदा उनी ५१ वर्ष अन्धकारमा बिताउन बाध्य भए । ५ वर्षकै बाल्यकालमा उनका दुबै आँखामा मोतिबिन्दु भएर केहि नदेख्ने अन्धा भएका रहेछन् ।

शिविरमा दुई दिन लगाएर उनका आँखामा रहेको मोति बिन्दुको चिकित्सकले शल्यक्रिया गरेपछि जब उनको आँखाले बाहिरी संसार देख्यो त्यस बखत उनमा देखिएको खुशी बर्णन साध्य थिएन । उनि हर्ष विभोर भएर पहिले आफ्नी श्रीमतीलाई हेर्न पुगे । अनि चिकित्सक टोली लगायत आसपासमा रहेका आफन्तजनहरुसंग खुशी साटासाट गरेका थिए ।

‘आँखा देखेपछी कस्तो लागेको छ ?’ भन्ने प्रश्नमा उनले भन, ‘म आज छुट्टै संसारमा प्रवेश गरेजस्तो लागेको छ । मेरा आँखाको उपचार गर्ने डाक्टर साहेवहरुलाई मैले भगवान ठानेको छु । म अन्धो संग बिबाह गरेर मेरो जीवनलाई डोराउदै आएकी अर्धाँगिनीलाई देख्दा एकदम खुशी लागेको छ । अब म घरमा पुगर परिवारजनसंग खुशी साटासाट गर्न आतुर छु ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *