Menu

यस्तो छ, ढोनपाले आव २०७४-०७५ का लागी तय गरेको प्रस्तावित करमा गरिएको संशोधन !

छविलाल पाण्डे, बुर्तिबाङ २०७४ फागुन ७ । ढोरपाटन नगरपालिकाले आर्थिक बर्ष २०७४÷७५ को लागि तय गरेको करको दायरालाई शनिवार बसेको नगर सभाले आबश्यक संशोधन गरेको छ ।

पहिलो नगरसभाले लगाएको करको दायरा बढी भएको भन्दै बिरोध भईराखेको अबस्थामा गत माघ पहिलो साता भएको दोश्रो नगर सभामा जनप्रतिनीधिबाट समेत यस बिषयलाई संशोधन गरिनुपर्ने आवाज उठेपछि फागुन ५ गते बसेको नगर सभाबाट बिभिन्न कर शीर्षकहरुमा देहाय बमोजित संशोधन गरिएको ढोनपाले जनाएको छ ।

शनिवार गरिएको संशोधन अनुसार घरधुरी करतर्फ बुर्तिबाङ बजारमा भएका पक्की घरहरुको बार्षिक कर प्रति तला ३ हजार कायम गरिएकोमा संशोधन संगै दुईतला सम्मको २ हजार ५सय भएको छ । त्यस्तै त्यसभन्दा वढी प्रतितला ४ सयका दरले बढ्ने छ भने आधा तलाको २ सयका दरले कर लाग्ने छ । बजार क्षेत्रकै कच्ची घरको १ हजार र झुपडीको ५ सय रुपैया निर्धारण गरिएको छ ।

नगरपालिकाको वडा नं १ र २ अन्तर्गत पर्ने सोरबोट, खप्तरीबाङ, तारीखेत, सेरा कुत्थाप्ला, भब्रेटा,सलामकोट, दुले क्षेत्रमा भएका पक्की घरको १ हजार
५ सय र कच्ची घरको ५ सय तथा झुपडीको १ सय रुपैया कायम गरिएको छ ।

त्यस्तै नगरपालिकाको अन्य क्षेत्रमा रहेका पक्की घरहरुको ५ सय र कच्ची घरहरुको १ सय रुपैया कर संशोधन सहित निर्धारण गरिएको छ ।

त्यस्तै भुमिकर (मालपोत ) तर्फ अब्बल जग्गाको न्युनतम कर १५० थप प्रति रोपनी १५, दोयमको १ सय थप प्रतिरोपनी १०, सिमको ५० थप प्रतिरोपनी ५ र चाहारको २५ थप प्रतिरोपनी ३ रुपैया निर्धारण गरीएको छ । त्यस्तै नगरपालिका भित्र रहेको बहालमा रहेका घरको बहाल रकमको पांच प्रतिशतका दरले घरबहाल कर लाग्ने भएको छ ।

ब्यबसाय करतर्फ मदिराजन्य, प्रेट्रोलियम, सुर्तिजन्य पदार्थको ५हजार, चाउचाउ, कोक फेन्टा, हार्डवयर, प्रान÷फु्रटी, बिस्कुटको ४ हजार, ग्यास, खाद्य तथा किराना ब्यबसायको ३ हजार, मझौला तथा खाध्यान्न, किरानाको ८ सय, साना किराना ५ सय, हार्डवयर ,तरकारी फलफुल , भांडा पसल, फोटो स्टुडियो, मल बिउबिजन, साष्न फेन्सी, ड्राईभिङ ईन्स्टिच्युट, कम्युटर ईन्स्टिच्युट, ब्युटिपार्लर, हजाम, चिया खाजा सहितको सामान्य होटल, स्टेशनरी, ईलेक्ट्रोनिक्स, फलेक्स प्रिन्ट, मिस्ठान्न, आईसक्रिम उधोगको बार्षिक कर १ लाग्ने भएको छ ।

त्यस्तै पान पसल मासु पसलको ६ सय , ठुला फेन्सी, ट्युसन सेन्टर, छापाखाना २ हजार पांच सय, पुल हाउस, नाट्यकला केन्द्र, कुटानी पिसानी
मिलको ८ सय, स्टिल मेटल, पाउरोटी उद्योग, मझौला होटल, लेखापढि कानुनी ब्यबसाय २ हजार, हाउजिङ ब्यबसाय ६ हजार, ग्रामिण क्षेत्रका साना पसल , आरन ब्यबसाय ३ सय, पशु , कृर्षि फर्म ५ सय, ठुला होटल १५ बेड माथि ३ हजार ५ सय रुपैया कायम गरिएको छ ।

त्यस्तै टेलर्सको ७ सय, १५ किलोवाट मुनिका लघुजलबिधुत १ हजार सो भन्दा बढि भएमा प्रति किलोवाट १ सयका दरले बृद्धि हुने छ । सबै प्रकारका निर्माण ब्यबसाय कर ५हजार, सहकारी, लघुबित्त संस्थाको २ हजार ५ सय, बिकास बैंक ३ हजार र नेपाल सरकारको पुर्ण स्वामित्व रहेका बाहेक आर्थिक कारोबार गर्ने बैँकका लागि ३ हजार ५ सय रुपैया कर निर्धारण गरिएको छ । आरन ब्यबसाय कायम गरीएको छ । त्यसैगरी नगरपालीका भित्र लगाईने सेवा शुल्क दस्तुर शुल्कमा समेत परिमार्जन गरिएको छ ।

एता दोश्रो नगरसभाबाट आबश्यक तयारी नभएको भन्दै स्थगित भएको शिक्षा बिधेयक समेत हिजोको नगर सभाले पारित गरेको छ । जसमा स्थानीय तहमा सामुदायिक बिद्यालयलाई कसरी ब्यबस्थापन गर्ने, कसरी सञ्चालन गर्ने, बिधि बिधान लगाएत ६० पृष्ट लामो शिक्षा बिधेयक पास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *