निर्मल पौडेल पर्वत, २०७४ फागुन ७ । गत शनिवार साँझ मोदी खोलामा तैरिरहेको अवस्थामा फेला परेको एक युवकको शवको अझै पहिचान हुन सकेको छैन । कुस्मा नगरपालिका–८ चुवा देखी तल मोदी खोलाको रहमा मृत अवस्थामा फेला परेका घटनाको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
करीव ४५ बर्षको बेवारिसे युवकको लास घोप्टो अवस्थामा खोलाको बिचमा तैरिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको आसपास र पर्वत जिल्लाको युवक भए हाल सम्म सोधखोज हुनुपर्ने भन्दै स्थानीयले कसैले कर्तव्य गरी मारेर मोदीखोलामा ल्याएर फालेको हुनसक्ने आशंका गरेका छन् ।
मृतकको हुलिया गहुँगोरो, झट्ट हेर्दा मंगोलियन अनुहार, उचाई ५ फिट, कालो खैरो कपाल, कालो रंगको हुट ट्राउजर जुंगा र बोके दाह्री भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए । उक्त शव जिल्ला अस्पताल पर्वतमा पोष्टमार्टमका लागि राखिएको छ ।