बुर्तिबाङमा ७ दिने डकर्मी रिफ्रेसर तालीम सम्पन्न : प्राप्त ज्ञानलाई ब्यबहारमा उतार्न आग्रह !

झरना कँडेल, बुर्तिवाङ २०७४ फागुन ७ । बुर्तिबाङमा सञ्चालित ७ दिने डकर्मी रिफ्रेसर तालीमको आईतवार समापन गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यक्रम अन्तर्गत घरेलु तथा साना उद्योग बिकास समिती मुख्य शाखा बागलुङको आयोजना तथा ढोरपाटन नगरपालिकाको संयोजनमा माघ २९ गते देखी सञ्चालित डकर्मी रिफ्रेसर तालिमको एक कार्यक्रमका बिच समापन गरिएको थियो ।

बिशेष गरी नेपालमा अब बन्ने भवनहरु भुकम्प प्रतिरोधी र सुरक्षित बताउनका निम्ती डकर्मी काम गरिरहेकालाई िरिफ्रसर तालीमको आयोजना गरिएको आयोजकले बताएका छन् ।

समापन कार्यक्रमका अबसरमा बोल्दै प्रमुख अतिथी तथा नगरप्रमुख देबकुमार नेपालीले रोजगारीका लागी धेरै युुवाहरु बिदेशीनुपरेकोमा दुख ब्यक्त गर्दै अबका दिनमा सबैजनाले आफ्नो प्रतिभा चिनेर मिहिनेत गरेमा स्वदेशमै धेरै प्रगती गर्न सकिन बताउदै , तालिममा प्राप्त ज्ञानलाई ब्यबहारमा उतारी आफ्नो भबिष्य उज्वल पार्न आग्रह समेत गरे ।

सोही अबसरमा बोल्दै उपप्रमुख करमती पुनले यस तालीबाट सिकेका कुरालाई अझै निखार्दै , भोलिका दिनमा अब बन्ने जनशक्तिलाई तालीममा सहभागीले तालीम दिन सक्ने बातावरण सिर्जना गर्नका निम्ती धेरै मेहनेत गर्न आग्रह गरेकी थिईन् ।

त्यस्तै उद्योग बाणिज्य संघ बुर्तिबाङ ईकाईका अध्यक्ष चिन्तामणी शर्मा, कभर्ड हल निर्माण समितीका संयोजक यामु पौबी लगायत अन्य अतिथीले ढोरपाटन नगरपालिकामा आमुल परिवर्तत ल्याउनका निम्ती तालीममा सिकेका कुरालाई ब्याबहारमा उतार्न आग्रह गर्दै , सीप भएमा आफ्नो देश लगायत बिदेसीले पनि स्वागत गर्न मन पराउने भएकाले आफुलाई नीखार्न आग्रह गरेका थिए ।

घरेलु तथा साना उद्योग बिकास समिती मुख्य शाखा कार्यलय बागलुङका शाखा अधिकृत जगन्नाथ पाण्डेले सरकारले यस जिल्लामा ४०० जनालाई तालीम दिने लक्ष्य सहित सञ्चालन गरेको तालिम प्रत्येक नगरपालिकाका ५० जना र गाँउपालिकालाई २५ जनालाई तालीम दिने लक्ष्य सहित यो तालीम दिईएको बताए । तालीममा ढोरपाटन नगरपालीकाका ५० जना डकर्मीहरुको उपस्थीती रहेको तालीममा भुकम्प प्रतिरोधी घर तथा भवन बनाउन आवश्यक परामर्ष दिनुका साथै प्रयोगात्मक परीक्षण गरेर देखाईएको शाखा अधिकृत पाण्डेले बताए । साथै उनले नेपालीले धेरै देश बनाएको उदाहरण दिदै अब आफ्नै देश बनाउन जुट्नकालागी सहभागीलाई अनुरोध पनि गरेका थिए ।

त्यस्तै तालीममा सहभागीहरुको तर्फबाट बोल्दै कुल बहादुर बिक , तुल बहादुर बिक , सुरेस थापा लगायतले २०७२ बैसाख १२ गते गएको भुकम्प पश्चात यस क्षेत्रमा क्षेत्रमा नयाँ प्रकारको डकर्मी तालीम गर्ने अवसर दिलाएकोमा घरेलु तथा साना उद्योग विकाश समिती मुख्य शाखा बाग्लुङलाई बिशेष धन्यवाद दिदै आधुनिकीकरणको सिकाई गरी भुकम्प प्रतिरोधात्मक घरहरु बनाउन सिपको बिकास हुने अपेक्षा गर्दै भोलीका दिनमा आफुहरुले ब्याबहारमा उतार्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

तालीमको ईन्जीनियर बिश्वास लामा र शाखा अधिकृत जगन्नाथ पाण्डेलेले सहजीकरण गरेका थिए ।

ढोरपाटन नगरपालिका वडा नं १ काअध्यक्ष चित्र बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम ईन्जीनियर बिश्वास लामाको स्वागत मन्तब्य तथा स्थानीय सहजकर्ता ममता गैरेले सञ्चालन गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *