Menu

सहकारी अध्ययन अवलोकनको उत्कृष्ट गन्तव्य बन्दै बागलुङ

सुमन जि.सी.बागलुङ, २०७४ फागुन ७ । धार्मिक पर्यटनको गन्तव्यका लागि प्रख्यात रहेको बागलुङ जिल्ला पछिल्लो केहि वर्ष यता सहकारी अध्ययन अवलोकन भमणको लागि पनि देशभरमा प्रख्यात बन्दै गईरहेको छ ।

यहाँ दिनहु जसो सहकारीको स्थलगत अवलोकनका लागि विभिन्न जिल्लाबाट सहकारी संघ संस्थाका क्रियाशिल व्यक्तिहरु आउने गरेका छन् । जिल्लामा रहेका सहकारी संघ संस्थाहरुले गरेका अनुकरणीय क्रियाकलापहरुलाई आफ्नो क्षेत्रमा समयसापेक्ष लागु गर्ने तथा यहाँ रहेको धार्मिक पर्यटनका स्थलहरुको भ्रमण गर्ने र आफुहरुले गरेका अनुभव तथा क्रियाकलापहरुको आदानप्रदान गर्ने उद्देश्यले यहाँ आउने गरेका छन् ।

बागलुङमा रहेका संघ संस्थाहरुले पछिल्लो क्रममा फड्को मार्दै देशभरमा बनाएको छविले गर्दा जिल्ला, सहकारी अवलोकनको उत्कृष्ट गन्तव्य वन्दै गईरहेको हो । गत वर्ष मात्र जिल्लामा देशभरका ४ हजार भन्दा वढि व्यक्तिहरुले यहाँ रहेका सहकारी संस्थाहरुको स्थलगत अवलोकन गरी अनुभव आदान–प्रदान गरेका थिए भने यस वर्षको हालसम्म २ हजार भन्दा वढिले स्थलगत अवलोकन गरिसकेको नेफ्स्कूनका सञ्चालक एवं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको भनाई छ । सहकारी अध्ययन अवलोकन भ्रमणले जिल्लाको प्रर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको जिल्लाका सहकारीकर्मीहरुको भनाई छ ।

यसैक्रममा आज मात्र भक्तपुर, ललीतपुर र रुपन्देही जिल्लाका ११५ जनाले जिल्लामा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको स्थलगत अवलोकन गरेका छन् । भक्तपुर स्थित जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को संयोजनमा त्याहाँ स्थित १८ वटा संस्थाका प्रतिनीधि, ललीतपुर स्थित सिद्धीविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. र रुपन्देहि स्थित क्षितीज बचत तथा ऋण सहकारी संस्था लि. ले आजकै दिन फरक फरक समयमा संस्थाको अवलोकन गरेका थिए । अवलोकनका क्रममा संस्थाहरुले गरेका क्रियाकलापहरु तथा अनुभवहरु अन्तरकृयात्मक कार्यक्रम मार्फत आदानप्रदान भएको थियो ।

अन्तरकृया कार्यक्रममा भ्रमणका लागि बागलुङको सिवाईसीलाई छनौट गर्नुको उद्देश्य तथा भ्रमणका आशा अपेक्षाका बारेमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को तर्फवाट व्यवस्थापक बालकृष्ण धोजु, सिद्धीविनायक कृषि बहुउद्देश्यीय सहकारी सस्था लि. को तर्फवाट संस्थापक अध्यक्ष शशिधर पोखरेल र क्षितीज साकोसको तर्फवाट कार्यवाहक अध्यक्ष वि.पी. वस्यालले राखेका थिए भने बागलुङ जिल्लाको समग्र सहकारी अभियान तथा सिवाईसी साकोसले गरेका क्रियाकलापहरुको बारेमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल र संस्थाका परिचयका बारेमा प्रवन्धक नवराज शर्माले जानकारी गराएका थिए । अन्तरकृया पश्चात सहभागिहरुले भ्रमण निकै नै फलदायी भएको र सिवाईसीले गरेका क्रियाकलापहरुलाई आफ्ना संस्थाहरुमा आवश्यकता अनुसार अनुसरण गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजुले मन्तव्य व्यक्त गरेका थिए ।

अन्तरकृया कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, युवा विकास उपसमिति सदस्य सुमन जि.सीको स्वागत र प्रवन्धक शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै आजकै दिन भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को संयोजनमा आएको टोलीले जिल्लामा रहेको जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको पनि स्थलगत अवलोकन गरेको छ । अवलोकनका क्रममा भक्तपुर र बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. विच एक आपासमा अनुभव आदान प्रदान तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको थियो । अन्तरकृया कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले गरेका क्रियाकलापहरुको बारेमा अध्यक्ष कृष्णगोविन्द लाखाजु र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को बारेमा अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए ।

अन्तरकृया कार्यक्रम संघका कोषाध्यक्ष विरवहादुर किसानले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *