Menu

जीवनमा पहिलो चोटी देखेको राजा… ‘राजा त्रिभुवन !’

२०१० साल फागुन ७ गते, टुँडिखेलमा राजा त्रिभुवनले भाषण गरिहँदा मैले जस्को औँला समातेर त्यो दृश्य हेरिरहेको थिएँ, उनले भनेका थिए, ‘उ त्यो भाषण गर्ने राजा हुन, राजा त्रिभुवन देख्यौ ?’

उनले अलि उचालेर राजालाई देखाई दिए ।

म बुबा (तेजेन्द्र बहादुर खडका)संग खिचापोखरीमा बस्थे । हामीसंग टोपबहादुर बिजुक्क्ष जसलाई म दाजु भन्थे, अर्को पुसाजु चित्रराज अधिकारी, अनि टीकाबहादुर मल्ल र जसले मलाई उचाली उचाली राजालाई देखाई दिए उनि बागलुङ नयाँ बजार छेउका लालबहादुर श्रेष्ठका दाजु (नाम स्मरण भएन) सँगै बस्थ्यौँ ।

कार्यक्रम सकिएपछी डेरामा फर्कियौँ । एकछिन पछी बुबा सँगै सबै आउनु भयो । बुबाको हातमा एउटा राम्रो डिब्बा थियो । सबैले त्यहि हेर्न थालेपछी मलाई पनि हेर्न मन लाग्यो । त्यस डिब्बा भित्र खाना खानामा थरी थरीका पैसा मिलाएर राखिएको थियो । आजैबाट चलनचल्तीमा ल्याईएको पैसा भन्दै हुनुहुन्थ्यो उहाँहरु ।

त्यसमध्य केहि समय अघी मैले देखेको राजाको शिर भएको मोहर (पचास पैसा)मलाई मन प-यो र झिक्न थाले । बुबा रिसाउनु भयो, डिब्बा खोल्न (च्यात्न) दिनु भएन ।

त्यस्को केहि वर्ष पछी बजारमा चल्तीमा रहेको त्यो मोहर मेरो हातमा पर्न आयो । अहिले पनि, (बेलाबेलामा) मलाई मन परेको त्यो मोहरमा राजा त्रिभुवनलाई देख्छु र संझन्छु, ‘जीवनमा पहिलो चोटी देखेको राजा… राजा त्रिभुवन !’

२०७४ फागुन ७
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *