Menu

ढोनपा पाखाथरमा स्याउको बगैचा व्यवस्थापन सम्बन्धी २ दिने तालिम सम्पन्न

झरना कँडेल बुर्तिवाङ २०७४ फागुन ७ । ढोरपाटन नगरपालिका वडा नं ७ पाखाथरमा सञ्चालीत स्याउ बगैचा ब्यबस्थापन सम्बन्धी २ दीने तालीम आईतवार सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालीका वडा नं ६ ,७ , ८ र ९ मा स्याउको उत्पादन र गुणस्तरमा बृद्धि ल्याउने उद्धेश्यले कृषकहरुको क्षमता अभिबृद्धिका लागी आयोजना गरिएको तालिमको हिँजो समापन गरीएको हो । तालिममा जना कृषकहरुको सहभागीता रहेको थियो ।

ढोरपाटन नगरपालिकाको आयोजनामा सञ्चालीत तालिममा स्याउको बोटमा लाग्ने रोग किराको निराकरण तथा ब्यवस्थापन गर्ने तरिका, वोर्डो पेष्ट र वोर्डो मिक्सन बनाउने तरिका र विरुवा लगाउने तरिका, बगैचा ब्यवस्थापन गर्ने तरिकाको विषयमा सहभागीलाई प्रशिक्षण गराईएको कृषी प्राबिधिक महेन्द्र अधिकारीले बताए ।

तालिमको अन्तिम दिन सहभागी कृषकहरुलाई बोडो मिक्सन र बोडो पेष्ट बनाउनका लागि कृषि चुन, निलोतुथो र बिषादी छर्किनको लागि स्प्रे लगायतको कृषि सामाग्रीहरु पनि वितरण गरिएको प्रशिक्षक महेन्द्र अधिकारीले बताए ।

तालिमलाई ढोरपाटन नगरपालिका वडा नं. ५ र ६ का कृषि प्राविधिक अधिकारी र वडा नं. ७, ८ र ९ की कृषी प्राविधिक प्रकृती छन्त्यालले सहजिकरण गर्नुभएको थियो । उक्त तालिम नगरपालिकाको वडा नंं ९ र ६ मा सम्पन्न भैसकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *