Menu

नमुना बन्दै कृषि गाउँ

यस्तो छ अवधारणा

लगभग २०६० साल तिर अहिले बा.न.पा. –३ र त्यतिखेरको ५ त्यो क्षेत्रमा विशेष गरि गौँडाकोट, पावरहाउस, शेरा लगायतका क्षेत्रमा ताजा तरकारी खेति अथवा व्यवसाय कृषि भन्ने केही पनि थिएन । सबै खेतबारीमा अन्न खेति लगाइन्थ्यो । एक दुइ वटा गाई भैँसी पालेर निर्वाहामुखि कृषि प्रणाली अपनाइएको थियो । खासमा २०६० सालदेखियता व्यवसायिक खेति गर्न सुरु गरेको हो । व्यवसायीक खेति सुरु गरिसके पछि विशेष गरि त्यो क्षेत्रमा जिल्लका अथवा अन्यत्र क्षेत्रका किसानहरु पुगेर त्यो क्षेत्रमा भाडामा जग्गा लिएर व्यवसायिक कृषि भनेर कुखुरा पालन, गाई, भैँसी पालन र तरकारी खेति, च्याउ खेति, बंगुर पालन, माछा पालन गरि पशु पालन, नर्सरी लगायतका हामीले व्यवसायीक खेति गर्न सुरु ग¥यौँ । व्यवसायीक खेति सुरु गरिसकेपछि त्यहाँका स्थानीय मानिसले पनि गर्न सुरु गरे र बाहिरबाट आएका मानिसहरुले पनि जग्गा भाडामा लिएर व्यवसायिक खेतिको सुरुवात भयो ।

व्यवसायिक खेतिको सुरुवात हुँदै गर्दा साथिहरुको जमघट भयो र एउटा ग्रुप भयो । ग्रुप भइसकेपछि हामीले किसान हकहितको लागि र प्रविधि विस्तारको लागि संगठनको लागि एउटा समुह बनाउनु पर्छ है भन्ने भयो । त्यसपछि एउटा श्रमिक बहुउद्देश्य कृषक समुह भनेर २५ जना साथि मिलेर त्यतिखेर जिल्ला कृषि विकास बागलुङमा २०६३ फागुन ३० गते हामीले दर्ता गरियो । अब के गर्ने त समुहको नाम मात्रै राख्ने कि, अनुदान आउँदा मात्रै समुहलाई प्रयोग गर्ने अघिपछि केही नगर्ने की, भन्ने भैसकेपछि समुहले २÷४ वटा काम गर्ने निर्णय गरियो । जस्तो की महिनाको १०० रुपैयाँ उठाउने, नियमित बचत नल्याउनेलाई हल्का जरिवाना गर्ने र त्यो उठेको पैसालाई सस्तो ब्याजमा ऋण लगानी गर्ने र त्यसबापत आउने ब्याज पनि समुहको कोषमा राख्ने । र अर्को एउटा २५ जनाले सामुहिक खेती गर्ने महत्वपूर्ण निर्णय गरियो । त्यसपछि जग्गा भाडामा ल्यायौँ र खेति सुरु ग¥यौँै । सुरुमा हामीले आलुको बिउ उत्पादन गर्ने लक्ष्य लिएर काम ग¥यौ । त्यो काम त्यतिखेर अलि नौलो पनि थियो । अनुभव कम भएकाले हामी त्यसमा असफल भयौ । २५ जना सदस्य नै त्यहाँ काममा जानुपर्ने घण्टाको हिसाबले दिनको हिसाबले हाजिर हुने महिनाको दुई डोको मल किसानले त्यहाँ लैजानुपर्ने यदि क्ुनै किसानले महिनाको दुई डोको मल त्यहाँ पु¥याउन नसकेको खण्डमा ती दुई डोको मलको पैसा दिनुपर्ने निश्चित मापडण्ड राख्यौँ । हरेक दिन काम गर्न जाँदा जसको बढि घण्टा हुन्छ त्यसैलाई आधार मानेर कम घण्टा काम गरेकोले पैसा तिरेर बराबर बनाउनु पर्ने नियम बनायौँ । त्यो घण्टाबाट आएको पैसा र मलबाट आएको पैसा कोषमा जम्मा ग-यौँ ।

त्यसरी काममा नआउनेबाट मल र पैसा आउने भयो र काममा आउनेले उत्पादन गर्ने भयो उत्पादन बेच्दा पनि पैसा आउने भयो र जरिमानाको पैसा जम्मा भैसकेपछि कोषको आकार बढ्यो । त्यसमा अन्य किसानहरु पनि थपिदै जानभयो । २५ जना भन्दा बढि त समुहमा अटिदैन । त्यसपछि आएकालाई पनि समावेश गराउँ भन्ने हिसाबले हामीले मिर्मिरे कृषि सहकारी संस्था लिमीटेड भनेर २०६४ साल मंसिर २८ गते दर्ता ग¥यौँ । त्यसको दर्ता नं. १९४ रहेको छ । यो डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता गरिएको छ । त्यसरी हामीले कृषिलाई संस्थागत गर्न सक्यौँ । त्यस्तै गरेर कृषिका सदस्यलाई र सहकारीका सदस्यलाई सेवा सुविधा पनि सहकारीको माध्यमबाट सबैलाई दिन थाल्यौँ । प्रविधिको बारेमा हामी आफै बसेर छलफल गर्न थालियो । यति भैसकेपछि हाम्रो प्रचार(प्रसार अलि बढि भयो ।

अहिले अनुसन्धानको लागि पनि आउँछन् ।

हामीले गरेको कृषिलाई धेरैले राम्रो मानेका छन् । यसमा हामीहरु विशेष गरि अगुवा कृषक सहभागि छौँ । जग्गा सबै भाडामा लिएका छौँ । यो ठाउँ देखि बागलुङ बजार नजिक पनि छ । मार्केटको समस्या नै छैन । यति भैसकेपछि बाहिरबाट पनि विभिन्न टिमहरु अध्ययन अनुसन्धानको लागि आउन थालेका छन् । खाली जग्गा । खेतिको लागि मात्रै पुग्ने व्यवस्थित खेतिपाति सबै कारणले गर्दा त्यो ठाउँको नाम हामीले कृषि गाउँ राख्यौँ । त्यो कुरालाई अहिले सबैले स्वकिारि सकेकाछन् । कृषि गाउँकै नामले परिचित हुँदै गईरहेको छ ।

‘कृषि गाउँमा’ माछा देखि फलफुल सम्म

कृषि गाउँमा अहिले ‘मिर्मिरे कृषि सहकारी सस्था लि.क्रियाशिल छ । यसले कृषकहरुलाई एकत्रित गर्ने काम गरेको छ । संस्थामा विशेष गरि व्यवसायिक कृषकहरुको आबद्धता छ । यस क्षेत्रमा कुखुरा पालन, गाईभैसी पालन, दुध उत्पादन, माछा, बंगुर, च्याऊ, तरकारी, नर्सरी, फलपूmल, केरा उत्पादन हुन्छ । धेरैलाई कृषिबारे राम्रो ज्ञान पनि छ । कृषकहरुको थप ज्ञान तथा क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रम पनि सञ्चालन गरिन्छ । संस्था मार्फत किसानहरुलाई प्रविधि सम्बन्धी तालिम, सरकारी तथा गैरसरकारी संस्था संग समन्वय पनि संस्थाले गर्छ । कृषि प्रबिधि लगायतको बिऊ, मल देखि लिएर अन्य कृषि यान्त्रिकीकरण र व्यवसायीकरणको लागि पनि संस्थाले काम गरिरहेको छ । त्यसैले यान्त्रिकिकरणका अनुदानहरु, सौलियतहरु हामीले किसानहरुकै बारीसम्म पु¥याउने काम गरेका छौँ । र हामीले स्वयम किसानहरुसँग बचत गराएर त्यसबाट उठेको रकम एउटा सामुहिक खेतीमा प्रयोग गरिरहेका छौँ । साथै सस्तोमा कृषि ऋण उपलब्ध गराएर कृषकलाई उत्पादनमा प्रोत्साहन गरिरहेको अवस्था छ ।

५० जना अगुवा किसानको सहभागिता

अहिले कृषि गाउँमा ५० जना भन्दा बढि अगुवा कृषकहरुले कृषि पेशा गरिरहनु भएको छ । धेरै जसोले व्यक्तिगत रुपमा कृषि पेशा गरिरहनु भएको छ । जस्तै ४ रोपनी देखी १५÷२० रोपनीसम्म एक जनाले खेति गर्ने किसान हुनुहुन्छ । यहाँ सामुहिक खेति पनि गरिन्छ । समुहिक रुपमा करिब १२÷१३ रोपनीमा केरा खेति गरेका छौँ । माछा, बंगुर र तरकारी यी ४ चिजहरुलाई अगाडि बढाइहेका छौँ । त्यो हाम्रो मौलिकता पनि हो । ५०÷६० भन्दा बढि किसानहरुले व्यक्तिगत रुपमा व्यवसायिक खेति पनि गरिराख्नु भएको छ ।

पर्यटकीय कृषि गाउँ निर्माण गर्ने योजनामा छौँ

हामीले यसलाई पर्यटकीय कृषि गाउँको रुपमा विकास गर्ने योजना बनाएका छौँ । यहाँ ताजा च्याउ फ्रेस, माछा, दुध, कौसी खेति गरिन्छ । छिमेकमा रहेका किसानहरुलाई नर्सरी, सिजन अनुसारको ताजा तरकारी, बंगुरको मासु उपभोक्ताहरुलाई उपलब्ध गराउन सक्छौँै । कृषि गाउँ बागलुङ बजारको बसपार्कको छेउबाट तित्याङ जाने जुन लामो पुल छ । त्यो पुलको मुखबाट काठेखोला, कृषि गाउँ, गैडाकोट, बागलुङ बजारसम्म सडक सोलार बत्ति राख्नु पर्छ । त्यो हुँदा बित्तिकै बजारका मानिसहरु लामो पुल तरेर मर्निङ वाक निस्कन्छन् । कति देउरालीचोकबाट मर्निङ वार्क निस्कन्छन् । त्यस बेला हामीले कृषि गाउँमा विहान ४ बजे उठेर ताजा तरकारी, दुध, माछा, मासु, च्याउ जस्ता चिजहरु तयार बनाएर राख्ने, १५÷२० जना किसानहरु त्यही काम गर्ने । त्यो नमुना नै हुन्छ । त्यस्तो खालको स्टल राख्ने हो भने अत्यन्तै सम्भावना छ । तर त्यसको लागि राज्यले सहयोग गर्नु पर्छ । ४०÷५० वटा जति सोलार बत्ति घुम्ति–घुम्तिमा राखिदिनु पर्छ । त्यसले बिहान र बेलुका त्यस क्षेत्रको वाकिङ गर्नेहरुलाई सुरक्षित बनाउँछ । बाहिरबाट कृषि गाउँ हेर्न आउनेहरुको लागि पनि आकर्षक बनाउँछ । पर्यटकीय कृषि गाउँको लागि सरकारले बाटोमा सोलार राखेर सहयोग ग¥यो भने अन्य काम हामीले गर्छौँ । पर्यटकीय कृषि गाउँ बनाउछौँ ।

सम्भावनायुक्त कृषि गाउँ

त्यस ठाउँ कृषि च्याउ खेतिका लागि उपयुक्त छ भन्ने कुरा हामीले गरेको च्याउ खेतिबाट प्रमाणित भइसकेको छ । त्यसैले कृषि गाउँमा पाइने मुख्य चिज के हो भन्दा च्याउ हो । पानी प्रसस्त भएकोले माछा पालन हो, बजार नजिक भएको हुनाले नर्सरी हो । यी तीन चिज मात्रैलाई पनि गर्न सकियो भने पर्यटकीय कृषि गाउँ बनाउन सकिन्छ । हामी त्यो कुरामा पनि निरन्तर प्रयासमा छौँ । अनि अर्को कुरा धौलागिरी क्षेत्रमै कोलस्टोर छैन, राम्रो कृषि बजार पनि छैन । कृषि बजारको हिस्सा त अगाडि मैले गरेको कुराले पनि पुरा गर्न सक्छ । तर त्यसले चाहि के हुन्छ भने कृषि गाउँका कृषकहरुलाई मात्रै सम्बोधन गर्ने हो बाहिरका किसानलाई त्यसले सम्बोधन गर्दैन । कृषि बजारको कुरा फरक कुरा हो ।

अहिले नगरपालिकामा कृषिमा अनुदान खुलेको छ । यो वर्ष मिसस्युज भएर कुनै पनि अनुदान छैन । आगामी वर्षबाट नगरपालिकाले कृषिक्षेत्रलाई कसरी हेर्छ । हामीले कृषि बजारको माग कृषि सँग, नगरपालिकासँग जोडतोड रुपले गरिरहेका छौँ । त्यसैले अब एउटा कृषि बजारको कुरा छ । र अर्को चाहि कोलिस्टोरको आवश्यकता छ ।

काम भए थप रोजगार सिर्जना हुन्छ

हामीले बनाएको योजना अनुसार काम भएको खण्डमा हामीलाई धेरै जना काम गर्ने मान्छेको आवश्यकता पर्दछ । खास गरि यो कृषिमा स्वयम रोजगारीको सिर्जना हुने हो । संगैै हामीले कोलस्टोर निर्माण, बधस्थल गरायौँे भने रोजगारी सिर्जना हुने नै भए । त्यो संगै ५ रोपनीमा व्यवस्थित टनेल निर्माण ग¥यौँ भने कम्तीमा ४÷५ जना मान्छे चाहिन्छ । उनीहरुले त्यो काम गरे भने त रोजगार त भए नी ।

अँझ यस्तो हुन्छ कृषि गाउँमा

यसको लागि हामीले कृषि गाउँमा भएको हाम्रो मिर्मिरे कृषि सहकारी सस्थालाई जिल्ला स्तरमै कृषिको क्षेत्रमा एउटा नेतृत्वदायी सस्थाको रुपमा सक्षम बनाउने अठोट हामीले गरेका छौँ । अहिलेसम्म कृषिको ब्यानर राखेर बनाएका संस्थाहरु एकाध होलान् । तर वास्तवमा कृषि कर्म गरेका, अनुभवी र सक्षम कृषकहरुको संस्था चाहीँ हाम्रो छ । अरु छैनन् भन्न खोजेको होइन । एक हिसाबले हामी सक्षम छौँ । वित्तिय सहकारी संस्थाहरु मौलाइरहेको अवस्थामा कृषिको क्षेत्रमा काम गर्ने संस्था सबै कुराहरु बुझेका छौँ । आन्तरिक तरिकाबाट हामीले कार्यालयलाई स्वस्थ दुरुस्त राख्ने देखि लिएर सबै आफ्नो भित्रको कुरा स्वस्थ भएपछि बाहिर फैलिन त गाह्रो हुँदैन । त्यसैले हामी त्यो तयारीमा छौँ । अब हामीले कृषकहरु पनि नगर क्षेत्रकै १४ वटै वाडका किसानहरुलाई कार्यक्षेत्र मागेर सबै किसानहरुलाई समेटेर जाने हाम्रो भावि योजना बनाएका छौँ । र यो सहकारी सस्थाको सक्षमता जति बढ्यो त्यति हाम्रा किसानहरु विकसित हुने हो । संधै सरकारले देला, कृषिले देला दातृ निकायले देला भन्ने आशामा बसेर त कोही किसान माथि लाग्न सक्दैन । उनीहरुले दिने एउटा प्रोत्साहन हो । त्यो प्रोत्साहनलाई किसानले त्यसलाई राम्रो वातावरण मिलाएर त्यहाँको फर्म उत्पादन गर्ने । कति यस्तो पनि देखिन्छ, कृषिले प्लाष्टिक दिएको छ लगेर थारामा राखेको छ । कतिले माटो ढोक्ने बनाएका छन् । कतिले इटाभत्तिमा प्रयोग गरेका छन् । त्यसरी मिस्युज भएको छ । हामीले दिएको सानो चिजलाई पनि राम्रो तरिकाबाट उत्पादन लिने हो । त्यसको लागि हामी प्रतिबद्ध छौँै । सरकारबाट आएका अनुदानलाई दुरुपयोग गर्ने पक्षमा हामी छैनौँ र दुरुपयोग हुन पनि हामी दिन्नौँ । हाम्रो क्षेत्र अझै पनि पछाडी परेको छ । तर हामीले यो क्षेत्रको जागरण ल्याउने गर्ने अथवा किसानहरुको आर्थिक, सामाजिक, सास्कृतिक जीवन परिवर्तन ÷उच्च गराउने हामीले अठोट गरेका छौँै । हाम्रो टिम पनि छ टिममा रहेका साथिहरुमा विज्ञता पनि छ र इमान्दारिता पनि छ । त्यसैले हामी लागेका छौँ । भविष्यले कत्तिको साथ देला । अबको दश वर्ष पछि हामीले सुन्दर कृषि गाउको परिकल्पना गरेका छौँ ।
(कृषि गाउँका अभियान्ता तथा मिर्मिरे कृषि सहकारी संस्था लि. का अध्यक्ष गंगा थापा संग विजय रानाले गरेकोे कुराकानीको आधारमा तयार पारिएको सामाग्री)

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *