ट्यूसन पढ्न बिद्यालय रित्ताएर विद्यार्थी सदरमुकामका होटेलमा !

विजय राना, बागलुङ २०७४ फागुन ६ । बागलुङको जैमिनी नगरपालिका वडा न. ७ जैदीमा रहेको सतिढुङ्गा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विद्यालय रित्ताएर बागलुङ सदरमुकामका होटेलमा आएका छन् ।

एसइइको परीक्षा नजिकिए संगै ट्युशनको लागि भन्दै विद्यार्थीहरु सदरमुकाममा रहेका होष्टेलमा आएका हुन ।

सतिढुङ्गा माध्यमिक विद्यालयमा पढाईको गुणस्तर नभएको भन्दै आफुहरु होष्टेल बसेर पढ्नको लागि सदरमुकाम आउनु परेको एक विद्यार्थीले बताए ।
कक्षा १० मा जम्मा ३० जना विद्यार्थी रहेकोमा आधा विद्यार्थी एसइइको तयारीको लागि भन्दै सदरमुकामको होष्टेलमा आएका छन् ।

यसबारेमा विद्यालयका प्रधानाध्यापक हरि पौडेलले केही विद्यार्थीहरु एसइइ परिक्षा तयारीको लागि भन्दै सदरमुकाम गएको स्वीकार गरे ।

विद्यालयमा गणित र विज्ञान विषय पढाईमा विद्यार्थीहरुले अब्जेक्सन जनाउँदै आएको बताउँदै पौडेलले विद्यालयमा पढाई सुधार्ने योजना सहित काम गरेको समेत बताए । हामीले पढाईमा सुधार गर्नको लागि एक्सट्रा क्लास गर्ने समेत योजना बनाएका छौँ पौडेलले भने तर पनि विद्यार्थीहरु कुनै पनि सल्लाह नै नगरी सदरमुकाम गएका छन् ।

विद्यालयबाट एसइइ परिक्षामा गणित र विज्ञान विषयमा पास हुनेको संख्या प्रत्येक वर्ष अत्यन्त न्युन हुने गर्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *