तित्याङका महिलाहरुलाई आयोडिन नुन

बागलुङ २०७४ फागुन ६ । सुआहारा बागलुङको आयोजना, साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ र बागलुङ नगरपालिकाको समन्वयमा बागलुङ नगरपालिका–९, तित्याङमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई एक कार्यक्रमका बिच आयोडिन नुन र झोला वितरण गरिएको छ ।

कार्यक्रममा तित्याङ स्वास्थ्य चौकीका सिनियर अहेव नारायणप्रसाद पौडेलले आयोडिन नुनको प्रयोगले हुने फाईदा र प्रयोग नगर्दा हुने बेफाईदाको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनकी मिलन पाण्डेले आयोडिन नुन र ढिक्के नुनको प्रत्यक्ष परिक्षण गराईएकी थिईन् । कार्यक्रममा उपस्थित भएका ४० जना गर्भवती महिलाहरुलाई वितरण गरिएको थियो । त्यस्तै सो अवसरमा बागलुङ नगरपालिका–९ का वडा सदस्य रामबहादर खड्का, महिला स्वयंसेविका, र तित्याङ स्वास्थ्य चौकीलाई १÷१ ओटा झोला वितरण गरिएको थियो ।

कार्यक्रम तित्याङ स्वास्थ्य चौकी तित्याङकी हेल्थ असिस्टेन्श पुष्पा अधिकारीको अध्यक्षता, बागलुङ नगरपालिका–९का वडा सदस्य रारमबहादुर खड्काको प्रमुख आतिथ्यता, तित्याङ स्वास्थ्य चौकीका राजु खड्काको स्वागत र सुआहारा बागलुङका फिल्ड सुपरभाईजर रेशम नेपालीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *