Menu

निसीखोला आँखा शिविरमा ११६५ जना लाभान्वित : ५१ वर्षपछि गोपाल विकले उज्यालो संसार देखे !

तिलक मल्ल, बुर्तिबाङ २०७४ फागुन ६ । निसीखोला गांउपालिका ३ झिवाखोलामा सुरु भएको तीनदिने नि:शुल्क अाँखा तथा पाठेघरको समस्या भएका बिरामीहरुका लागि सञ्चालित तीनदिने सिविरमा ११ सय ६५ जनाले सेवा लिएका छन् । गत बिहिबारदेखि सञ्चालीत सिविरमा आंखातर्फ ५ सय ६५ जनाले चेकजाँच गराएका छन् । जसमध्ये ५६ जनाको आँखाको अप्रेशन गरीएको छ ।

आँखाको अप्रेशनमा ५६ बर्षीय गोपाल बिकको दुबै आँखाको अप्रेशन सफल भएको छ । जन्मेको ५ बर्षदेखि आँखा देख्न नपाएका उनको हिजो र आज गरी दुबै आँखाको अप्रेशन गरेसंगै दुबै आँखाले देख्न पाएपछि उनि भगवानलाई पुकार्दै सबैसंग खुसी साटेका छन् । निसीखोला गाँउपालीका १ हुल्दिका बिक आर्थिक अभाब र परिवारको कम चासोका कारण उपचारबाट बञ्चित भएका थिए । त्यस्तै अन्यमा अधिकांशलाई आँखाको अवस्था अनुसार नि:शुल्क औषधी र चस्मा उपलब्ध गराईएको छ ।

त्यसैगरी महिलाहरुको पाठेघर गाईनो उपचारका लागि ६ सय जनाको चेकजाँच गरिएको छ । जसमा ४० जनाको पाठेघरमा रिङ राखिएको छ । २० जनालाई सिविरमा उपचार सम्भव नभएपछि थप उपचारका निम्ती अन्य ठुला अस्पतालमा जान आग्रह गरीएको छ । त्यस्तै अन्यको पाठेघरको चेकजाँच संगै सफाई र औषधि उपलब्ध गराईएको हो । चेकजाँचको क्रममा नामदर्ता गराका तर समस्या नदेखिएका ब्यक्तीहरुलाई कुनै औषधी नदिई फिर्ता गरिएको छ ।

सिविरबाट धेरै जटिल समस्याबाट ग्रसित बिरामीहरुले समेत सेवा लिन पाउदा खुसी ब्यक्त गरेका छन् । सिविरलाई शान्ति र बिकास संस्था काठमान्डौको आयोजना, भिजन २०२० काठमान्डौको प्राबिधिक सहयोग, ह्यानसफर नेपालको सम्योजनमा सञ्चालनमा ल्याईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *