Menu

सहकारीमार्फत समाज रुपान्तरण सहज – सहभागीहरु

बागलुङ, २०७४ फागुन ५ । सूचना र सञ्चारका क्षेत्रमा काम गर्ने उदेश्यका साथ स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले गरेका कामहरुको बारेमा ललितपुरको एक सहकारीको टोलीले शनिवार अध्ययन अवलोकन गरेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी संंस्था लिमिटेडको एक टोलीले आदर्श सञ्चार सहकारी संस्थाको अवलोकन गरेको हो ।

संस्थाको समग्र अवस्थाका बारेमा संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी गराउदै सहकारीमार्फत सञ्चार र आर्थिक विकासको लक्ष्य लिएको आदर्श सञ्चारलाई सञ्चारक्षेत्रको सबल र सक्षम संस्थाका रुपमा विकास गरिने प्रतिवद्धता व्यक्त गरे ।

भ्रमण टोलीका तर्फबाट आफ्नो भनाई राख्दै सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्था ललितपुरका संस्थापक अध्यक्ष शशिधर पोखरेलले सहकारी भनेको वचत तथा ऋण मात्रै हो भन्ने भावना र सोचाईमा आदर्श सञ्चार सहकारीले परिवर्तन ल्याइदिएको भन्दै खुशी व्यक्त गरेका थिए ।

विभिन्न विषयका सहकारी स्थापना गर्ने तर काम वचत तथा ऋण मात्रै गरेका सहकारीहरुले आदर्श सञ्चार सहकारीबाट धेरै कुरा सिक्न सकिने भन्दै उनले आफ्नो संस्थाले कृषि क्षेत्रको प्रवद्र्धनका कामहरु गर्दै आएको जानकारी गराए ।

उक्त संस्थाका अध्यक्ष निरञ्जन पौडेलले सहकारीमार्फत सञ्चार र आर्थिक विकास भन्ने नारालाई आदर्श सञ्चारले व्यवहारिक रुपमा कार्यान्वयन गरेको भन्दै सबै सहकारीहरुले आफ्नो उदेश्य अनुरुप काम गर्न सक्ने हो भने देशको विकास गर्न सहकारी सबै भन्दा उपयुक्त माध्यम हुने धारणा राखेका थिए ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डिलबहादुर कार्कीले ललितपुरबाट आदर्श सञ्चारको अध्ययन अवलोकनमा आउनु भएकोमा धन्यवाद ज्ञापन गर्दै सेवा र उत्पादन क्षेत्रका सहकारीहरुलाई राज्यले प्राथमिकतमा राख्नु पर्नेमा जोड दिए ।

अध्ययन अवलोकनमा आएको ललितपुरको कृषि सहकारीको टोलीलाई आदर्श सञ्चार सहकारी संस्थाका सहसचिव ललिता थापा, लेखा संयोजक मिलन केसी र सदस्य सरस्वती खड्का परियार लगायतले स्वागत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *