Menu

युवा तथा खेलकुद विकास समिति गल्कोटको वैठक सम्पन्न

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ फागुन ५ । युवा तथा खेलकुद विकास समिति गल्कोट नगरपालिका वडा नं. ११ रिघा बागलुङको वैठक सम्पन्न भएको छ।

बैठकले समितिको तर्फवाट आयोजना हुन लागेको फुटवल लगाएतका प्रतियोगितात्मक कार्यक्रमको तयारीको लागी आर्थिक अभियान, प्रचार प्रसार अभियान, अतिथी व्यावस्थापन लगाएतको जिम्मेवारी बाँडफाँड गरेको छ।

यहि फागुन १९ गते देखि २५ गते सम्म रिघाको खेलकुद मैदानमा बागलुङको पश्चिम क्षेत्रकै अधिक राशी १ लाखको पुरस्कार सहितको खुल्ला फुटवल प्रतियोगीता, लगाएत धनुषवाण प्रतियोगीता, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगीता रहने आयोजकले जनाएको छ।

वैठकमा गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्वर श्रीसको आतिथ्यता रहेको थियो। वैठक युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दान श्रीसको अध्यक्षतामा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *