खड्ग जयन्ती युवा क्लवकाे प्रथम अधिबेशन सम्पन्न : अध्यक्षमा केसी चयन

बिमल खड्का, भिङगिठे २०७४ फागुन ५ । बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका वडा न – ७ भिमगिठे गाँवमा स्थापना भएको खड्ग जयन्ती युवा क्लवले दाेश्राे साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न गरेकाे छ।

क्लवकाे दाेश्राे साधारण तथा प्रथम अधिवेशनले क्लबलाई नयाँ कार्यनीति सहित अगाडि बढाउने उदेश्यले दाेश्राे साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न गरिएकाे हाे ।

दाेश्राे साधारण सभा तथा प्रथम अधिबेशनले डिल बहादुर केसीलाई कल्वकाे अध्यक्षमा चयन गरेकाे छ । जसमध्ये उपाध्यक्षमा महेश खत्री, सचिवमा बिमल खड्का, सहसचिवमा तारा केसि, र काेषाध्क्षयमा टीका केसी गरि ११ सदस्यीय कार्यसमिति चयन गरिएकाे छ ।

त्यसै गरि क्लवले हर्क खत्रीकाे संयाेजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति चयन गरेकाे छ । जस्मा हेमराज चालिसे हिरा बहादुर केसी तुल्सी बिक र पुर्णकली थापा दर्जीलाई सर्वसम्मत चयन गरिएकाे क्लका उपाध्यक्ष महेश केसीले जानकारी दिए ।

क्लवका अध्यक्ष हर्क बहादुर खत्रीकाे अध्यक्ष्ातामा बसेकाे बैठकमा क्लबकाे अार्थिक बर्ष ७३ /७४ बर्षकाे प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियाे ।

साधारण सभा तथा प्रथम अधिवेशनमा क्लबका सल्लाहकार सदस्यीय क्लबका अन्य सदस्य सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि लगाएको उपस्थिति रहेकाे थियाे ।

क्लबका अध्यक्ष हर्क खत्रीले अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई टीका खादा लगाई नयाँकार्यकालकाे बधाई एवम् शुभकामना दिएका छन ।

कार्यक्रममा क्लबका सदस्य लाेक बहादुर केसीकाे स्वागतबाट संचालन भएकाे कार्यक्रममा क्लबका सदस्य बिमल खड्काले संचालन गर्नु भएकाे थियाे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *