Menu

मृगको खप्परसहित भारतीय नागरिक पक्राउ !

खर्वाङ २०७४ फागुन ५ । बडीगाड गाउँपालिका–७ भिङगीठेमा रतुवा मृगको सिङ सहितको खप्पर लिएर हिँड्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत मध्य प्रदेश घर बताउने ३५ वर्षीय नन्दलाल केनालाई रतुवा मृगको सिङ सहितको खप्पर सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

निजलाई आवश्यक कारबाहीको लागि उक्त खप्पर सहित ईलाका बन कार्यालय बुर्तिवाङ बागलुङमा बुझाईने प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *