१२ वर्षको उमेरमा बिवाह, १३ वर्षमा सन्तान !

प्रेम सुनार, गुल्मी २०७४ फागुन ५ । कानूनी बन्देजले गर्दा गाउँघरमा बालबिबाह गर्ने प्रचलन हटेपनि सानै उमेरमा आफुखुसी पोईल जाने (प्रेम बिबाह) गर्ने चलन भने कायमै छ ।

त्यसको पछिल्लो उदाहण हो गुल्मी दरवार गाउँपालिका वडा नम्वर २ जुभुङ्ग झिरवासकी पार्वती विक र किसान विकको बिवाह । तस्वीरमा देखिएकी पार्वती अहिले १४ वर्षकी भईन् । दुई वर्ष अघि उनको १२ वर्षको उमेरमा २० वर्षिय किसान विक संग प्रेम विवाह भएको थियो ।

अहिले चौध वर्षकी पार्वतीको काखमा एक वर्षको छोरा खेल्दै छ । आमा छोराको स्वास्थ्य अवस्था ठिक छ । स्कुल पढ्दा पढ्दै लभ चल्यो अनि दुवैको मन मिल्यो र दुवैले राजीखुशी बिवाह गरेका हौं, पार्वतीले भनिन् । उनले १२ वर्षको उमेरमा बिबाह गर्दा र त्यस्को एक वर्षमै छोरालाई जन्म दिँदा कुनै समस्या नभएको खुलासपनि गरिन् ।

उनले घर परिवार माईती सवै संग राम्रो सम्वन्ध भएको बताईन् । उनका श्रीमान रोजगारीका लागि विदेशमा छन् भने उनले घर धानेर बसेकी छन् ।

केहि महिना अघि गुल्मीको ईस्मामा पनि एउटी १२ वर्षिया किशोरीले भागी बिवाह गरेकी थिईन् । पछि वावु आमाले फर्काउने प्रयत्न भने गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *