गुमानसिँह भण्डारी, गल्कोट २०७४ फागुन ५ । गल्कोट कला प्रतिष्ठानको पहिलो साधारण सभा तथा अधिबेसन कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले पर्यटन बिकासका लागी गलकोट कला प्रतिष्ठान नयाँ आयाम भएको भन्दै नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताए ।
उनले मुर्तिकला कार्यशालालाई गल्कोटकै पर्यटकिय क्षेत्र घुम्टे लेकसँग सम्बन्धित गराई पर्यटन प्रबद्धन तथा बिकासमा अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा गल्कोट नगरपालिकाका सदस्य कमला ढकाल, वाड नम्बर ५ का वाड सदस्य यम बहादुर खत्री, यम बहादुर बस्नेत, पृथ्वी माद्यमिक बिद्यालयका प्रध्यानाध्यापक बद्रि प्रसाद ढकाल, सस्थापक सदस्यको तर्फबाट दिर्घदत्त लोहनी, गलकोट समाज गलकोटका अध्यक्ष हर्क पाण्डेले शुभकामना मन्तब्य राखेका थिए ।
सभामा सस्थाका सचिव सुनमाया ढकालले बार्षिक प्रगति प्रतिबेदन र प्रस्ताबित निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । त्यस्तै कोषाध्यक्ष यम बहादुर श्रीसले करिब ४ लाख १० हजार बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
अधिबेसनले पुन क्याटेन पुर्ण बहादुर रानाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भगवति मल्ल, सचिवमा सुनमाया ढकाल, कोषाध्यक्षमा यम बहादुर श्रीस, सहसचिवमा शेर बहादुर थापा, सदस्यहरुमा झंक बहादुर बस्नेत, नर बहादुर थापा, पुर्ण बहादुर काउचा, हर्क पाण्डे, सन्त बहादुर खत्री, देबि खत्री रहेका छन् ।
कार्यक्रम सस्थाका अध्यक्ष क्याटेन पुर्ण बहादुर रानाको अध्यक्षता, सदस्य सन्त बहादुर खत्रीको स्वागत मन्तब्य र सहसचिव शेर बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।