राष्ट्रपति भण्डारीव्दारा शिक्षाप्रेमी चन्दादाता घनश्याम शर्मा सम्मानित !

कौरव खत्री गुल्मी २०७४ फागुन ५ । गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयले बरिष्ठ चन्दादातालाई स्र्वण महोत्सवका अबसरमा विद्यालयले भव्य समारोहका वीच सम्मान गरिएको छ ।

मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घामा रहेको त्रिभुवन माध्यमिक विद्यालयको लागि २० लाख, ५ हजार १ रुपैया आर्थिक सहयोग गने सोही वडा ६ कुर्घाका देउताथान जन्मभइ हाल चितवन बसोबास गदै आएका शिक्षाप्रेमी घनश्याम शर्मालाई विद्यालयले बाजागाजा सहित शुक्रवार स्र्वण महोत्सव उद्घाटनको अवसरमा प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीव्दारा सम्मान गरिएको हो ।

शर्मामा हाल भने रोजगारीको शिलाशिलामा बेल्जियामा कार्यरत छन् । शर्माले आफ्नी स्व. माता डिलादेवी शर्मा पंगेनीको सम्झनामा डिलादेवी स्मृति सभाहल र डिलादेबी स्मृति गरिव तथा जेहेन्दार छात्रवृति अक्षयकोष स्थापना गर्ने गरी उक्क्त आर्थिक सहयोग गरेको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिए.। शर्माले विगत लामो समयदेखि सामाजिक क्षेत्रमा आर्थिक सहयोग गदै आएका छन् ।
स्थापना कालको ५० बर्ष पुगेको अवसरमा विद्यालयले हाल स्वर्ण महोत्सव मनाइ रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *