Menu

‘भ्यालेनटाईन बेस्ट कपल २०१८’ प्रतियोगितामा बागलुङका युवा दम्पति ‘कृष्ण-श्रृजना’ बिजयी !

बागलुङ २०७४ फागुन ५ । भ्यालेनटाईन बेस्ट कपल २०१८ को प्रतियोगितामा बागलुङ सर्कुवा,मौलाछका कृष्ण पौडेल र श्रृजना पौडेलको दम्पति बिजयी भएका छन् ।

जेके फिल्म क्रियसनले सञ्चालन गरेको वेस्टकपल(२०१८ को प्रतियोगितामा देश-बिदेशमा बस्ने करिब ६ हजार ९ सय दम्पतीले सहभागीता जनाएका थिए। सहभागी मध्ये जसले धेरै लाइक, कमेन्ट र सेयर पाउँछ त्यही दम्पतिले प्रतियोगितामा जित्ने व्यवस्था थियो।सोही अनुसार पौडेल दम्पती ले ६ सय ९२ लाइक ,१९७ सेयर र ४५९ कमेन्ट् सहित सबैलाई पछि पार्दै यस वर्षको बेस्ट कपलको उपाधी हात पारेका थिए।

खुल्ला र निश्पक्ष रूपमा सञ्चालन गरिएको प्रतियोगितामा करिब ४८ लाख दर्शक ले फलो गरेका थिए । प्रतियोगितामा विजेताको फोटा आफ्नो फेसबुक प्रोफाईमा जेके फिल्म कृयसनले राखेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *