Menu

प्रवास: ब्लड डोनर एसोसिसन आफ अमेरिकाको दोश्रो सम्मेलन जिर्जियाको हुदै

राजन कंडेल, अमेरिका, २०७४ फागुन ५ । सवे द लाईफ बी अ ब्लड डोनोर भन्ने मूल नाराका साथ ब्लड डोनर एसोसिसन आफ अमेरिकाको दोश्रो सम्मेलन यही आउने मे २५ र २६ तारिकका दिन जर्जिया राज्यको अट्लान्टाको होटल हायतमा सम्पन्न हुदैछ । उक्त सम्मेलनमा विश्वभरिका रक्तदाताको सहभागिता रहनेछ भने, बिदेशी अतिथीका रुपमा इन्टरनेस्नल फेडेरेसन अफ ब्लड डोनर अरगनाइजेसन का अध्यक्षको उपस्थित हुने सम्भावना रहेको छ ।

सम्मेलनको पहिलो दिन मे २५ तारिखका दिन अन्तराष्ट्रिय कविता प्रतियोगिता सम्पन्न हुनेछ, र प्रथम दृतिय र तृतियले क्रमश ४००,२००, १०० डलर प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसंगको सहकार्यमा ब्लड डोनर्स एसोसिएसन अमेरिकाले गरेको छ । विजेता कविताहरु सम्मेलनको सोवेर्निएर मा प्रकाशन हुनेछ ।

बीडिएले अमेरिकामा स्वयमसेवी रक्तदानमा महत्वपूर्ण योगदान पु¥याउदै आएको छ, र विशेष गरी नेपाली समुदायको उल्लेखेनीय भूमिका रहदै आएको छ ।

हाल ब्लड जेनर अमेरिकाको अध्यक्षमा डा नन्द रेग्मी छा् । उनको सयंसेवी रक्तदानमा उलॆखेनीय भूमिका रहेको छ । यस सम्मेलनले आगामी वर्ष २ वर्ष (२०१८–२०२०) को लागि नयाँ टिम चुन्ने छ । दोश्रो सम्मेलनको आयोजक कमिटीमा, भविन्द्र बस्नेत अध्यक्ष र शतिश गुप्ता सचिवमा मनोनय भएका छन । अमेरिकामा रहेका नेपालीहरुबीच , बी।डि।एले रक्तदानको बारेमा उत्प्रेरणा जगाउने र नियमित रक्तदान गराउने कार्यमा अहं भूमिका निर्वाह गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *