Menu

बोहरागाउँमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरको दोस्रो दिन २६ जनाको शल्यक्रिया

मिलन हमाल, बुर्तिबाङ २०७४ फागुन ४ । निसीखोला गाउँपालिकाको बोहरागाउँ स्वास्थ्यचौकीमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा शुक्रबार २६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । त्यस्तै, पाठेघर खस्ने समस्या भएका ८० जना महिलाहरुको पाठेघरमा रिङ राखिएको छ ।

विहिबारदेखि सुरु भएको शिविरको दोस्रो दिन ४०७ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा २१० जनाले आँखासम्बन्धी र १९७ जनाले पाठेघरसम्बन्धी स्वास्थ्य सेवा लिएका हुन ।

गरिबी निवारणको लागि शान्ति र विकास, काठमाडौको आयोजनामा शुरु भएको निशुल्क शल्यक्रिया सहितको आँखा तथा गाइनो सम्बन्धी स्वास्थ्य शिविर शनिबार सम्म चल्ने छ ।

शिविरलाई भिजन ः २०२०, काठमाडौले प्राविधिक सहयोग र ह्याण्डस फर नेपालले संयोजन गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *