Menu

ढोरपाटनमा स्याउको बगैचा व्यवस्थापन सम्बन्धी २ दिने तालिम सम्पन्न

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ फागुन ४ । ढोरपाटनमा व्यवसायी स्याउ उत्पादनको लागि बगैचा ब्यवस्थापन सम्बन्धी २ दिने तालिम शुक्रबार सकिएको छ । ढोरपाटनको सामुदायिक होटेलमा भएको तालिममा ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ का गरी ३५ जना कृषकहरुको सहभागीता रहेको थियो ।

ढोरपाटनमा स्याउको उत्पादन र गुणस्तरमा बृद्धि ल्याउने उद्धेश्यले कृषकहरुको क्षमता अभिबृद्धिका लागी तालिमको आयोजना गरिएको हो । ढोरपाटन नगरपालिकाको आयोजनामा सम्पन्न तालिममा स्याउको बोटमा लाग्ने रोग किराको निराकरण तथा ब्यवस्थापन गर्ने तरिका, वोर्डो पेष्ट र वोर्डो मिक्सन बनाउने तरिका र विरुवा लगाउने तरिका, बगैचा ब्यवस्थापन गर्ने तरिकाको विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो ।

तालिमको अन्तिम दिन सहभागी कृषकहरुलाई बोडो मिक्सन र बोडो पेष्ट बनाउनका लागि कृषि चुन र निलोतुथो तथा बिषादी छर्किनको लागि स्प्रे लगायतको कृषि सामाग्रीहरु पनि वितरण गरिएको प्रशिक्षक महेन्द्र अधिकारीले बताए ।

तालिमलाई ढोरपाटन नगरपालिका वडा नं. ५ र ६ का कृषि प्राविधिक अधिकारी र वडा नं. ७, ८ र ९ की कृषी प्राविधिक प्रकृती छन्त्यालले सहजिकरण गर्नुभएको थियो । केही दिन अघि मात्र उक्त तालिम नगरपालिकाको वडा नंं ६ छ्यान्तुङमा सम्पन्न भैसकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *