प्रवास : दुबईमा ‘शिक्षाका लागि यात्रा’ कार्यक्रम धूमधामका साथ सम्पन्न !

सचिन्द्र श्रेष्ठ, दुबई, २०७४ फागुन ४ । सत्य पथले स्वस्थ्य गन्तव्यको निर्माण गर्दछ, हाम्रो सानो सहयोगमा कसैको जीवन रुपान्तरण हुन सक्दछ। हाम्रो र हाम्रो जस्तो धेरै अल्पबिकसित देशहरुमा लाखौ बालबालिकाहरु बिद्यालय टाढा हुने र लामो दुरीका कारण कष्टकर यात्रा गर्नु पर्ने तथा पाठ्य सामग्रीहरुको अभावमा शिक्षाबाट नै बञ्चित हुनु पर्ने जस्ता दुःख लाग्दा स्थिति छन।

यो भाबलाई सकेजती सम्बोधन गर्ने प्रयासमा हरेक वर्ष दुबई केयरDubai Cares)ले निम्नस्तरका बालबालिकाका निम्ति सहयोग गर्ने उद्देश्यले ुशिक्षाका लागि यात्रा ९धबपि (walk for education) नामक कार्यक्रम गरेको छ। यस परोपकारी कार्यका लागि नेपाली समुदाय यूएईले पनि बिगतका बषँहरूमा जस्तो ऐक्यबद्दता जनाउदै समन्वय गर्दै आएको छ । त्यसै अनुरूप यो वर्ष पनि १६ फेब्रुअरी २०१८ (16 February 2018) शुक्रवार का दिन क्रिक पार्क(Creek park) मा नेपाली समुदाय यूएई ले र दुबई केयरले गर्ने उक्त परोपकारी कार्यक्रममा कुनै पार्टी जात जाती भन्दा नि विशुद्द नेपालीको राष्ट्रीय पहिचानका साथ सांस्कृतिक बाजा गाजा सहित सहभागिता जनाएको छ। देशी तथा बिदेशप् संघ सस्था ,कंपनीका करीब १५००० जना मानिसहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा ३ किलो मिटर पैदल हिडेर कार्यक्रम गरिएको थियो ।

‘सबै मिलीजुली गरि अल्पबिकसित देशहरुमा राहत बाड़ने काम बिगत देखी दुबई केयरले गर्दै आरहेको’ नेपाली समुदाय यूएई का अध्यक्ष बिदुर राउतले बताए। राउतले भने- ‘हरेक नेपालीले यस्ता कार्यक्रममा सहभागी हुनुले अरु देशको तुलनामा फरक देखिनुका साथै एक आपसमा भाईचारा ,बन्धुत्व,सदभाव रही रहने छ ।’

कार्यक्रमको अन्त्यमा सबै जनाको परिचय आदान प्रदान गर्दै समापन गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *