Menu

गल्कोट हटियाका महिला कृषकहरु च्याउ खेती प्रति आकर्षित

गुमानसिँह भण्डारी गल्कोट २०७४ फागुन ४ । गल्कोट हटियाका महिला कृषकहरु च्याउ खेतितर्फ अग्रसर बनेका छन । कम लगानीमा ब्यवसाय सुरु गर्न सकिने र मनग्य आम्दानी हुन थाले पछि गल्कोटका महिलाहरु च्याउ खेतीमा आकर्षित हुन थालेका हुन । छोटो समयमा उत्पादन हुने र घर बाटै सहजै बिक्री हुने भएकाले च्याउ खेती गर्ने महिलाहरुको संख्या बढ्दै गएको छ ।

जल्ला कृषि बिकास कार्यालय बागलुङको आयोजनामा गलकोट नगरपालिका ३ को लमईमा च्याउ खेति सम्बन्धि तालिम दिएपछि उक्त गाउका महिलाहरु च्याउ खेतितर्फ आकर्षित बनेका हुन ।

गत कात्तिक महिनादेखि लमईमा १८ महिने च्याउ खेति सम्बन्धि तालिम सुरु भएको छ । तालिम लिएपछि ५ महिनामै उक्त गाउका महिलाहरुले राम्रोसँग च्याउ खेति गर्र्न सक्ने भएका गल्कोट नगरपालिकाका कृषि प्रमुख डीएन दाहालले बताए । दाहालले दिएको जानकारी अनुसार तालिम सैद्धान्तिक भन्दा प्रयोगात्मक बढि हुने भएका कारण महिलाहरुले च्याउ उत्पादन गरेरै देखाएको बताए । तालिममा सिकेको सिपले आफुहरुले च्याउ उत्पादन गर्न सक्षम भएको स्थानिय कृषक अञ्जु अधिकारीले बताईन् ।

च्याउका विभिन्न प्रजाति मध्ये गलकोटका महिलाहरुलाई पराले र कन्य च्याउको ब्यवसायिक खेती सम्बन्धि तालिम दिईएको छ । च्याउ ३० देखि ४५ दिनमा तयार हुन्छ । घरमै बसेर सहजै खेती गर्न सकिने र जोखिम कम हुने भएकाले गृहणी महिलाहरुले आईपिएम कृषक समुहहरु तल्लो लमई गठन गरि सामुहिक रुपमा च्याउ खेती सँगै अन्य तरकारी खेति गर्न थालेका छन । तालिममा समुहका करिब ३० जनामहिलाहरुको सहभागीता रहेको छ ।
तालिमको सहजिकरण गल्कोट नगरपालिकाका कृषि प्रमुख दाहाल, साहायक प्रशिक्षक राजुप्रसाद शर्मा, सुजित पौड्याल र सिर्जना खरेलले तालिमको सहजिकरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *