समाज रुपान्तरणको मुख्य आधार शिक्षा ; राष्ट्रपति भण्डारी

कौरब खत्री, गुल्मी २०७४ फागुन ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको मुख्य आधार शिक्षा भएको बताएकी छन । गुल्मीको मुसिकोट नगरपालिका ६ कुर्घा स्थित त्रिभुवन माविको स्वर्ण महोत्सवको समुद्घाटन समारोहमा बोल्दै यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले समाजमा भएका बिभिन्न कुरीति र बिकृतिहरु हटाउनको निम्ती गुणस्तरी शिक्षा नै आबश्यक रहेको उनको भनाई थियो । बिश्वका बिकसित देशहरुले बिकासमा फड्को मार्नुको मुख्य कारण उनीहरुको शिक्षा नीति नै भएको बताइन् । ‘आर्थिक अभाव, चेतना र बिपन्नताका कारण अझै सम्म पनि हरेक नेपालीको शिक्षामा पहुँच पुग्न सकेको छैन’ भण्डारीले भनिन् ।

सरकारले गरेको शिक्षा क्षेत्रको लगानीको प्रतिफल सोचेअनुरुप आउन नसकेको भन्दै उनले शिक्षामा भइरहेको कमी कमजोरी औल्याउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न अघि बढ्नुपर्ने बताएकी छन । उनले शिक्षाको गुणस्तर बृद्धि गर्न सरकारको मात्र मुख ताक्नु भन्दा स्थानीय क्षेत्र पनि अग्रसर हुनुपर्ने बताइन् । अब शिक्षालाइ प्रविधि सँग जोड्दै प्राविधिक शिक्षा अबलम्बन गर्नुपर्ने उनकोे धारणा छ । उनले त्रिभुवन माबि लाइ प्राविधिक शिक्षाको शैक्षिक केन्द्रको रुपमा स्थापित गर्न सबै लाग्नुपर्ने बताइन् ।

त्यसैगरी कार्यक्रमको अवसरमा बोल्दै गुल्मी क्षेत्र नम्बर २ का सासंद गोकर्ण बिष्टले राज्यले निशुल्क रुपमा ब्यबस्था गरेको शिक्षा लिनबाट कोही पनि बञ्चित हुन नहुने बताएका छन । पुर्व मन्त्री समेत रहेका बिष्टले यसक्षेत्रमा त्रिभुवन माबिले शैक्षिक जागरणको लागि खेलेको भुमिका अग्रणी रहेको बताए । र यस बिद्यालयको लागि आफु यसै क्षेत्रको जनप्रतिनिधि भइसकेको नाताले सदैव साथ र सहयोग रहने बताए । उनले शिक्षालाइ प्रविधि सँग जोेड्नुपर्नेमा जोड दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *