प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ : एमालेबाट दुई मन्त्री नियुक्त !

काठमाडौं, २०७४ फागुन ३ । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट शपथ दिलाएकी हुन्।

आजै बिहानमात्र राष्ट्रपतिले वाम गठबन्धनको तर्फबाट बहुमत प्राप्त भएको पत्र प्राप्त भएपछि संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी छन् ।

पण्डित वातावरण मन्त्री भएका छन् थापा महिला तथा बालबालिका मन्त्री भएकी छिन् । मन्त्रीद्वयले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । आज माओवादीबाट कसैलाई मन्त्री बनाईएको छैन ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सन्देश दिँदै आजै विहान राष्ट्रपति समक्ष राजिनामा दिएका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *