बडीगाड गाउपालिका- ७ बास्कोटमा आगलागी, २ घर जलेर नष्ट, लाखौको क्षती !

बिमल खड्का, खर्वाङ २०७४ फागुन ३ । बागलुङ जिल्लाको बडीगाड गाउँपालिका वडा न ७ बास्कोटमा आज बिहान दुई घरमा आगलागी भएको छ । स्थानीय देव बहादुर गुरुङको घर बिहान ७.३० लागेको आगोका कारण २ घर जलेर नष्ट भएका छन । आगलागीबाट देव बहादुर गुरुङको घरमा रहेको अन्नपात लत्ताकपडा कागजात तथा घरमा रहेको १० तोला सुनस ३ लाख ५० हजार नगद र समुदायका भाडा कुडा सहित जलेर नष्ट भएको बडीगाड गाउँपालिका वडा ७ का अध्यक्ष कृष्ण गुरुङले जानकारी दिएका छन ।

आगलागिबाट नजिकै रहेको ओम बहादुर गुरुङको घरमा पनि आंशिक क्षेति पुगेको छ आगलागीबाट ओम बहादुर गुरुङको घरको क्याम्पा र बाख्राको खोर जलेर नष्ट भएको बताईएका छ । आगलागीबाट कुनै मानवीय र पशुचौपायामा क्षेति नभएको प्रहरीले जनाएको छ।

बिहान ७.३० बजे घरमा बिद्युत सट भई लागेको आगोले लाखौं क्षेति पुराएका बताईएको छ । ईलाका प्रहरी कार्यालयस भिमगीठेको टोली स्थानीयबासी जनप्रतिनिधि लगाएतको प्रयासमा केहि समय अघी १० बजे आगो नियन्त्रणमा आएको छ ।
घटनाका मुचुल्का तयार भएपछि क्षतीको यकिन हुने प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *