Menu

साउदीमा १५ वर्ष देखि बेपत्ता गुल्मीका राकसकोटी केहि दिनमै घर आउँदै

प्रेम सुनार, गुल्मी, २०७४ फागुन ३ । साउदी अरेबियामा १५ वर्ष देखि घर परिवारको सम्पर्कमा नआएका गुल्मी पल्लीकोट गाउँका टेकबहादुर राकसकोटी फेला परेका छन् । हालको छत्रकेट गाउँपालिका , साविकको पल्लीकोट गाविस–४ धाप आमडाँडाका राकसकोटीले आफू १६ वर्ष १० महिनाअघि साउदी अरेबिया आएको बताए ।

हाल सम्म वेपत्ता भएका टेकबहादुर राकसकोटी सउदीअरेविया स्थित दुतावासको सहयोगमा अव छिट्टै घर फर्कंने भएका हुन् । । १७ वर्षअघि साउदी पुगेका उनी १५ वर्षसम्म परिवार तथा अन्य कसैको पनि सम्पर्कमा थिएनन् ।

साउदी अरेबियास्थित नेपाली दूतावासले दुई वर्षअघि उनी साउदी अरेबिया र इराकको सिमानास्थित हाथर अल वातेन भन्ने ठाउँमा मरुभूमिमा उँट चराएर बस्ने गरेको पत्ता लगाएको थियो । त्यसपछि, निरन्तर दुई वर्षको प्रयासपछि उनलाई नेपाल पठाउने स्थितिमा पुर्याउन दूतावास सफल भएको साउदी अरेबियाका लागि नेपाली राजदूत डाक्टर महेन्द्रप्रसाद सिंहले बताए ।

उनी साउदी अरेबिया जाँदा बिहे भएको एक वर्ष मात्रै भएको थियो । तीन महिनाको छोरा र श्रीमतीलाई छोडेर उनी पैसा कमाउन साउदी गएका थिए । साउदी जानेबित्तिकै उनलाई मरुभूमिमा उँट चराउने काममा लगाइयो । कसैलाई सम्पर्क गर्ने मौका दिइएन । १५ वर्षसम्म उनी कहाँ छन् कसैलाई थाहै भएन । अहिले उनका छोरा १६ वर्षको जवान भइसकेका छन् । श्रीमती उनी आउने बाटो कुरिरहेकी छिन् । ‘पहिला–पहिला चिठी लेखेर पठाउँथेँ, तर परिवारले पाए नपाएको थाहा छैन ।

दूतावासले भेटेपछि भने टेलिफोनमा परिवारसँग कुरा भयो,’ उनी भन्छन् । उनि सम्पर्कमा आई घर आउने खवर भए पछि घर परिवार र आफन्तजनमा खुशीयाली छाएको छ । प्रतिक्षाको फल मिठो हुन्छ भन्ने बुढापाकाको भनाई सत्य सावित भएको छ । कतिपय महिला दुई तिन वर्ष श्रीमान विदेशमा सम्पर्क विहिन हुँदा विचलित भएर अर्को विवाह गर्ने गरेको पाईएको अवस्थामा यस घटनाले धै¥य गर्नु पर्ने सन्देश दिएको छ ।

ब्ततबअजmभलतक बचभब

गरिमा स्कूल जाने तयारीमा…..

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *