प्रथम शहीद लखन थापाको सम्मान भएन

बागलुङ २०७४ फागुन ३ । नेपालका प्रथम शहीद क्याप्टेन लखन थापा मगरलाई राज्यले उपेक्षा गरेको यहाँ आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् ।

नेपाल मगर विद्यार्थी संघ बागलुङले शहीद लखन थापामगरको १ सय ४१ औं स्मृति दिवसको अवसरमा आयोजना गरेको लखन थापामगर स्मृति कार्यक्रममा सहभागीले नेपाललाई राणा शासनबाट मुक्ति दिलाउनका लागि सबैभन्दा पहिलो ज्यानको बलिदानी दिएका थापालाई राज्यले सम्मान गर्न नसकेको गुनासो गरेका हुन् ।

कार्यक्रममा वक्ताहरुले भने, लखन थापामगर नेपालका प्रथम शहीद हुन भनेर राज्यले स्वीकार्न त बाध्य भयो तर मगर भएका कारण राज्यले सम्मान दिन नसक्नु दुःखद कुरा हो ।’

पछिल्लो समय दुर्घटनामा मारिएका र लुटपाटमा हत्या गरिएकालाई पनि शहीदको दर्जा दिईनुले वास्तविक शहीदको अपमान भएको उनीहरुको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *