कानको नि:शुल्क शिवीरमा ५४ जना लाभान्वित : यस्तो नि:शुल्क शिवीर गाउँ केन्द्रीत गर्नु जरुरी !

बागलुङ २०७४ फागुन २ । बागलुङ सदरमुकाममा सञ्चालित कानको श्रवण शक्ति परीक्षण सम्बन्धि २ दिने नि:शुल्क शिबिर ५४ जना बिरामी परीक्षण गरि आज सकिएको छ ।

जिल्लामा लामो समय अगाडिदेखि सामाजिक सेवामा क्रयाशील दुई क्लव लायन्स क्लव अफ बागलुङ कालिका र लियो क्लव अफ बागलुङ कालिका द्वारा आयोजित शिविर बजारको मुक्तिनाथ हस्पिटलमा सञ्चालन गरिएको थियो । उक्त शिविरमा प्राबिधिक सहयोग एवं परिक्षण म्याक्स मेडिटेक सिस्टम (Max meditchपरिक्षण) का Audiologist अशोक कुमार गुप्ताद्वारा गरिएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै आयोजक लायन्स क्लावका अध्यक्ष लायन चन्द्र रेग्मीले ‘हाम्रो प्रयास भनेकै आर्थिक रुपमा बिपन्न एवं स्वास्थ्य सेवाको सहज पहुँच भन्दा बाहिर रहेका नागरिकलाइ निस्शुल्क सेवा दिनु हो, यसै अभियानकै निरन्तरता मै छौँ , निकट भबिष्यमा जिल्लाका विगट क्षेत्रमा जाने योजनामा रहेको बताए ।

लियो क्लब का प्रथम उपाध्यक्ष लियो अर्जुन कंडेलले ‘हाम्रो उद्देश्य नै सामाजिक सेवा गर्नु हो, यसै क्रमको निरन्तरता नै यो शिविर भएको बताए ।
समापनमा बोल्दै Audiologist अशोक कुमार गुप्ताले ‘कानको समस्या देखिएका बिरामीहरुलाई बिशेष छुटका साथ श्रवणयन्त्र लगायत सामाग्री उपलब्ध गराउने ब्यावस्था भएको जानकारी गराएका थिए ।

सो अवसरमा लियो बलराम कँडेलले ‘यस्ता अभियान गाउँ केन्द्रीत गर्नु आबश्यक रहेको उल्लेख गर्दै जहाँ सेवाको पहुँच नपाएका नागरिक अत्याधिक छन्ूू त्यहाँ जरुरी रहेको बताए ।

सामान्य अनुरोध र छोटो समयको वाबजुत पनि सेवा प्रबाहमा सहयोग गर्ने कम्पनि, मुक्तिनाथ हस्पिटल लगायत सबै अभियानकर्ता प्रती हामी सधैं ऋणि छौू शिबिरका अभियानकर्ता लियो राम प्रसाद घिमिरेले भने ूहामी जिल्लाका स्थानीय निकायहरुसँग समन्वय गरि निकट भबिष्यमा स्वास्थ्य सेवाको पहुँच नपुगेका जिल्लाका बिगट क्षेत्रामा शिबिर सञ्चालन गर्ने योजनामा छौूँ उक्त शिबिरको समापन कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन शिब केसिले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *